प्राधिकरणले भन्याे : कर्णालीमा हवाई उडान प्रतिबन्ध कुनै पूर्वाग्रह राखेर गरिएको होइन

इकागज | साउन ३२, २०८०

काठमाडौँ- नेपाल नागरिक उड्डयन प्राधिकरणले कर्णालीमा मनसुन अवधिको लागि प्रतिबन्ध लगाएको हवाई उडान पूर्वाग्रह राखेर नगरेको बताएको छ । प्राधिकरणले दुर्गम वा पहाडी क्षेत्रका विमानस्थलमा मौसम बिग्रेर हेलिकप्टर वा जहाजहरू पहाडमा ठोक्किएर धेरै दुर्घटना भएका कारण हवाई सुरक्षा नीति अनुसार मनसुन अवधिभरका लागि प्रतिबन्ध लगाएको स्पष्ट पारेको हो ।

प्राधिकरणले कर्णालीका विमानस्थलहरूमा पूर्ण रूपमा हवाई उडान प्रतिबन्ध लगाएको नभएर बढी हावा चल्ने समय १२ बजेपछि उडान गर्न नदिएको जानकारी दिएको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले दुर्गम वा पहाडी क्षेत्रका विमानस्थलमा मौसम बिग्रेर हेलिकप्टर वा जहाजहरू पहाडमा ठोकिएर धेरै दुर्घटना हुने गरेकाले दुर्घटना न्यूनीकरण गर्नका लागि यस्तो निर्णय गरेको बताए । उनले विमानस्थलहरूलाई आइएफआर नबनाउँदासम्म मनसुन अवधिमा तोकेको अवधिमा मात्रै उडान गर्ने साउन १९ गते प्राधिकरणले निर्णय गरेको जानकारी दिए ।

भुलले जल तथा मौसम विज्ञान विभागको अध्ययन र विमानस्थल निर्देशिका २०७९ अनुसार बिहानको समय उडान भर्ने र अन्य समयमा उडान गर्दा साँझ हुँदा पाइलटहरूलाई काठमाडौँ, नेपालगञ्ज फर्कन हतार हुने र हतारमा उडानको सुरक्षा कमी हुने गरेको उल्लेख गरे । उनले मनाङ एयरको विमान दुर्घटना भएपछि प्राधिकरणले सधैंभरका लागि नभइ मनसुन अवधिभरका लागि मात्रै बन्द गरिएको पनि प्रष्ट पारे ।

भिएफआर उडान हुने पहाडी क्षेत्रका विमानस्थलहरू तत्काल आइएफआर गर्ने सम्भावना नभएको उनकाे भनाइ छ । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले कर्णालीमा उडानका लागि बिहान कहिलेकाहीँ मौसम बिग्रेर उडान नहुने र धेरै पानी परेकाले प्राधिकरणले तोकेको समयमा उडान नहुँदा समस्या भएको बताए । उनले प्राधिकरणले पुरानो नियमलाई सुरक्षाका लागि जतिबेला मन लाग्यो त्यतिबेला उडान गर्न पाउने भएकाले निर्णय गरेको बताए ।

यस्तै दुर्घटनाको देश भनेर विश्वले चिन्ने अवस्था आएको भन्दै हवाई उडानबाट मान्छेहरू मर्न नपरोस् भनेर जनताको सुरक्षाका लागि भनेर उडान बन्द गरेको दाबी उनले गरे । उनका अनुसार नेपालको पर्यटन क्षेत्रमा ठूलो योगदान हवाई क्षेत्रको रहेको त्यो पनि हिमाली उडानको हाे ।

माउण्टेन उडानलाई नेपालले विश्वमा बदनाम हुनबाट जोगाउनका लागि हवाई दुर्घटना न्यूनीकरण गर्न आवश्यक रहेको सूचना अधिकारी​ भुलकाे जिकिर छ । उनले हवाई दुर्घटना न्यूनीकरणका लागि भिएफआर र आइएफआरका नियमहरू कडाइका साथ लागू गर्न आवश्यक रहेको बताए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले साढे १२ बजेपछि नियमित यात्रु चार्टर उडान र कार्गो उडानमा बन्देज लगाउने निर्णय गत साउन १९ गते गरेको थियो । उक्त निर्णयका करण एक सातादेखि कर्णाली क्षेत्रमा हवाई सेवा ठप्प छन् । अस्पतालले रिफर गरेर पनि हवाइजहाज र हेलिकप्टर नजाँदा हुम्लामा ४ बालबालिकाको मृत्यु समेत भएको छ ।

 

कालिकोटको सरुवा रोग अस्पताल सुर्खेत सार्ने योजनाविरुद्ध परेको रिटमा परमादेश जारी

इकागज | साउन ३२, २०८०

काठमाडौँ– कालिकोटको एकमात्रै सरुवा रोग अस्पताललाई सुर्खेत सार्ने कर्णाली प्रदेश सरकारको योजनाविरु...

हुम्लामा जहाज पर्खिँदा-पर्खिँदै एक महिनामा चार बालकले गुमाए ज्यान

इकागज | साउन ३१, २०८०

सिमकोट (हुम्ला)- दुर्गम हिमाली जिल्ला हुम्लाका नागरिकले जहाजको पर्खाइमा ज्यान गुमाउनु परेको छ । खराब मौ...

मुख्यमन्त्रीकाे जवाफ नआएपछि एमालेद्वारा कर्णालीमा प्रदेशसभा बैठक अवरुद्ध

इकागज | साउन ३०, २०८०

सुर्खेत- कर्णाली प्रदेश सभाको मंगलबार बसेको बैठक अवरुद्ध भएको छ । नागरिकका समस्याप्रति सरकार जिम्मे...

हातमा कालोपट्टी बाँधेर काम गर्दै मध्यपश्चिम विश्वविद्यालयका कर्मचारी

इकागज | साउन २६, २०८०

सुर्खेत- मध्यपश्चिम विश्वविद्यालयका बहालवाला कर्मचारीहरूले आजदेखि हातमा कालोपट्टी बाँधेर काम गरेका ...

विश्वविद्यालयले कर्मचारी मागेको भन्दै कर्मचारी संगठनको विरोध

इकागज | साउन २४, २०८०

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयले प्रशासन, लेखा, ल्याव र लाईव्रेरी जस्ता क्षेत्रमा कर्मचारी आह्वान गरेको भन्...