मुगु सामूहिक हत्या प्रकरण : दुई जना पक्राउ

इकागज | कात्तिक २४, २०८०

मुगु- मुगु छायाँनाथ रारा नगरपालिका-६ मुन्दुगाउँमा एकै परिवारका चार जनाको हत्यामा संलग्न आरोपमा प्रहरीले दुई जनालाई बिहीबार पक्राउ गरेको छ । उनीहरूलाई आज दिउँसो पत्रकार सम्मेलन गरेर जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गर्ने तयारी गरेको छ ।

पक्राउ पर्नेमा एक जना मृतकका मामाको छोरा तथा अर्का छिमेकी गाउँको रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । घटनाको कारण, हत्याका आरोपीबारे विस्तृत जानकारी पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने उनले बताए ।

यही कात्तिक ८ गते छायाँनाथ रारा नगरपालिका–६ मुन्दुगाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा, उनका छोरा ११ वर्षीय मनोज, आठ महिनाका छोरा रहर र  आठ वर्षीया छोरी अप्सराको सामूहिकरुपमा हत्या गरिएको थियो । हत्यारा पत्ता लगाउन कर्णाली प्रदेश प्रहरी, मुगु प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोलगायत टोली खटिएको थियो । रासस

राष्ट्रपतिदेखि मन्त्रीसम्मको लस्कर पुग्दा पनि राहत नपाएपछि आक्रोशित छन् बारेकोटवासी

इकागज | कात्तिक २२, २०८०

जाजरकोट- राष्ट्रपति रामचन्द्र पौडेल हेलिकोप्टरमा सहारामा भूकम्पबाट थिलो थिलो भएको जाजरकोट सदरमुकामसँगै ...

कर्णाली सरकारको सबै संयन्त्र भूकम्प प्रभावित क्षेत्रमा

इकागज | कात्तिक २१, २०८०

भेरिगङ्गा (सुर्खेत)- कर्णाली प्रदेश सरकारले आफ्ना सबै संयन्त्र भूकम्प प्रभावित क्षेत्रमा केन्द्रित गरेको छ । म...

मिडियामा धेरै राहत आयो, हामी कहाँ अझै आएन : 'हामी हल्लाले बाँच्ने होइन, मर्ने सम्भावना बढ्यो'

इकागज | कात्तिक २०, २०८०

जाजरकोट- शुक्रबार राति अकल्पनीय रुपमा गएको भूकम्पले नलगाड नगरपालिका–६ गराग्लीका शेरबहादुर रावलल...

जाजरकोट भूकम्प : एक सय ५७ जनाको मृत्यु, दुई सय ५६ घाइते

इकागज | कात्तिक १९, २०८०

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भूकम्पमा परी घाइते भएकाको उपचारका लागि स्वास्थ्य सेवा प्रवाहमा ...