तुइनबाट तर्दातर्दै डोरी चुँडिएर कर्णाली नदीमा नेपाली बेपत्ता

इकागज | असोज २१, २०८०

सिमकोट (हुम्ला)- हुम्लाको मध्यभागमा रहेको सर्केगाड गाउँपालिकाको कर्णाली नदी पार गर्ने क्रममा तुइन तान्ने डोरी चुडिँदा एक जना बेपत्ता भएका छन् । सर्केगाड–२ रिपस्थित ल्याप्चेको (खडीखेत) घाटमा शनिबार साँझ तुइन तर्ने क्रममा ३८ वर्षीय मक्करसिंह नेपाली कर्णाली नदीमा खसेर बेपत्ता भएका हुन् । उनी मुगु जिल्ला सोरु गाउँपालिका–५ नेरगाउँका रहेको बताइएको छ । 

कर्णाली करिडोरको ग्युसी छारे खण्डको छारे भिरमा सडक निर्माण गर्न मुगुबाट आएका नेपाली काम सकेर बासस्थानतिर जाने क्रममा शनिबार ल्याप्चेमा रहेको (खडीखेत) घाटमा तुइनबाट खसेर बेपत्ता भएको थिए । कर्णाली करिडोरको हुम्ला खण्डमा पर्ने लालीबगर डुल्ली कुनको छारे क्षेत्रमा विभिन्न १८ निर्माण समूहले काम गर्दै आएका थिए ।

कर्णाली मासुमा आत्मनिर्भर, वार्षिक एक करोड ४० लाख बढीको खसीबोका निर्यात

इकागज | असोज १८, २०८०

भेरीगङ्गा - कर्णाली प्रदेशबाट वार्षिक एक करोड ४० लाख बराबरको खसीबोका र च्याग्रा निर्यात हुँदै आएको ...

कर्णालीको रैथाने उत्पादनलाई अन्तराष्ट्रिय स्तरमा पुर्‍याउनुपर्छ : मन्त्री शर्मा

इकागज | असोज १७, २०८०

सुर्खेत । कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिमप्रकाश शर्माले कर्णालीले अब मूल्यव...