मेला, महोत्सव, जात्रा र प्रदर्शनी गर्न रोक
सुर्खेत- आगामी ४ मंसिरमा हुने चुनावलाई लक्षित गर्दै जाजरकोटमा लाग्ने सबै मेला, महोत्सव, प्रदर्शनी , सांस्कृतिक कार्यक्रम र खेलकुद प्रतियोगिता गर्न रोक लगाएको छ ।
जिल्ला प्रशासन कार्यालयले कात्तिक २० देखि मंसिर ४ गतेसम्मा सबै कार्यहरू रोक्न आदेश दिएको छ । प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य चुनावमा शान्ति तथा सुरक्षा कार्यक्रम राख्न दिनभित्र कुनै कुरा नगर्न आदेश गरिएको प्रमुख जिल्ला अधिकारी अन्जन न्यौपानेले बताए ।
यो अवधिमा जाजरकोटमा आधा दर्जन मेला, खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो ।