सल्यानका प्रहरी निरीक्षक शाही पुरस्कृत

इकागज | असोज ३१, २०७९

सुर्खेत- इलाका प्रहरी कार्यालय थारमारे सल्यानमा कार्यरत प्रहरी निरीक्षक कनकबहादुर शाही कर्णाली प्रदेशकै सर्वोत्कृष्ट अनुसन्धानकर्ताको रूपमा पुरस्कृत भएका छन् ।

६७ औं प्रहरी दिवसको अवसरमा कर्णाली प्रदेश प्रहरी कार्यालयले उनलाई पुरस्कृत गरेको हो । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले उनलाई सर्वोत्कृष्ट अनुसन्धानकर्ताको पुरस्कार प्रदान गरेका छन् । शाहीले अपराध अनुसन्धानका क्षेत्रमा निर्वाह गरेको भूमिकाको मूल्यांकन गर्दै पुरस्कार प्रदान गरिएको हो ।

प्रहरी निरीक्षक शाही यसअघि जिल्ला प्रहरी कार्यालय सुर्खेतको अपराध अनुसन्धान शाखा प्रमुख भएर काम गरेका थिए । उनी १ वर्ष सुर्खेतमा रहँदा अपराध न्यूनीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । लागुऔषध तथा चोरीका घटना नियन्त्रणमा महत्वपूर्ण योगदान गरेका थिए । 
 

निर्वाचनमा होमिए काँग्रेस उपसभापति, भोट माग्न गृह जिल्ला सुर्खेतमा

इकागज | असोज ३१, २०७९

सुर्खेत- नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का आज सुर्खेत आइपुगेका छन् । मंसिर चार गते हुने...

विपद्का कारण कक्षा १२ का २७ विद्यार्थीको परीक्षा केन्द्र जुम्लामा कायम

इकागज | असोज २९, २०७९

जुम्ला- बाढीपहिरोले कर्णाली राजमार्ग अवरुद्ध हुँदा कक्षा १२ को परीक्षा केन्द्र जुम्ला कायम गरिएको छ ।...