सुर्खेतमा समाजवादीले फिर्ता लिएन उम्मेदवारी, त्रिपक्षीय भिडन्त हुने

इकागज | असोज २६, २०७९

सुर्खेत।  सुर्खेतमा नेकपा (एकीकृत समाजवादी केन्द्र)ले उम्मेदवारी फिर्ता लिएको छैन । समाजवादीले गठबन्धनको निर्णय विपरीत दिएको उम्मेदवारी फिर्ता नलिएको हो । 

पार्टीले सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ (क) र (ख) मा उम्मेदवारी दिएको छ । समाजवादीले २ (ख) पाउनुपर्ने माग राखेकोे थियो । तर गठबन्धनले कुनैपनि क्षेत्र नदिँदा उम्मेदवारी दर्ता गराएको हो । अब सुर्खेत क्षेत्र नम्वर दुईमा गठबन्धन,एमाले र समाजवादीबीच त्रिपक्षीय भिडन्त हुने देखिन्छ । 

यता गठबन्धनको निर्णय अनुसार भने क्षेत्र नम्वर दुईको (क) मा कांग्रेसका कालीप्रसाद शाक्य र (ख) मा माओवादीका विन्दमान विष्ट उम्मेदवार बनेका छन् । समाजवादीले सुर्खेतमा कुनै पनि क्षेत्र आफ्नो भागमा नपरेपछि (क) र (ख) मा उम्मेदवारी दर्ता गराएको होे । जस अनुसार (क) समाजवादीका जिल्ला इञ्चार्ज शिव उपाध्याय र (ख) मा जिल्ला अध्यक्ष मोहन बडुवालले उम्मेदवारी दर्ता गराएका थिए । समाजवादीका जिल्ला अध्यक्ष बडुवालले पार्टीको केन्द्रीय निर्णय अनुसार नै दुबै जनाको उम्मेदवारी कायम रहेको प्रतिक्रिया दिएका छन् ।

बाढी पहिरोबाट सातामा ३३ कर्णालीवासीले ज्यान गुमाए, अझै २२ बेपत्ता

इकागज | असोज २५, २०७९

सुर्खेत । कर्णालीमा लगातार एक सातासम्म भएको वर्षाका कारण बाढीपहिरोमा परी ३३ जनाले ज्यान गुमाएका छन् । ब...