सुदूरपश्चिम

स्थानीय तह निर्वाचन

बुढीगंगामा एक हजार मत गन्दा एमाले अगाडि

दीपक उपाध्याय | असार २४, २०७९

कैलाली । बाजुराको बुढीगंगा नगरपालिकाको मतगणना जारी छ। अहिलेसम्म १ हजार मतगणना सकिएको बुढीगंगाको निर्वाचन अधिकृतको कार्यालयका कम्प्युटर अपरेटर भरतप्रसाद उपाध्यायले जानकारी दिए।

१ हजार मत गणना हुँदा एमालेले मेयरमा ५२० मत ल्याउँदै पहिलो स्थानमा रहेको छ। कांग्रेस ४२७ मतका साथ दोस्रो स्थानमा छ।

यस्तै उपमेयरमा एमालेले ५१५ मत ल्याएको छ भने कांग्रेसले ४३५ मत पाएको छ। मेयर पदका लागि नेपाली कांग्रेसबाट रंगबहादुर खाती र एमालेबाट रामबहादुर बानियाँ उम्मेदवार छन् भने उपमेयरमा कांग्रेसबाट रीता शाही शाह र एमालेबाट मायाकुमारी खड्का कुँवर उम्मेदवार रहेका छन्।

सुदूरपश्चिममा ९ प्रशिक्षार्थी प्रहरी जवान बेहोस : एक जना आइसियूमा, एक भेन्टिलेटरमा

इकागज | असार २२, २०७९

कैलाली- सुदूरपश्चिम प्रदेश प्रहरी गण मुख्यालय धनगढीमा तालिम गरिरहेका ९ जना प्रहरी जवान प्रशिक्षार्थी...

धनगढी नगरप्रमुखले चढ्ने गाडी वडा क्लिनिक सञ्चालन गर्न स्वास्थ्य शाखालाई हस्तान्तरण

इकागज | असार २२, २०७९

कैलाली - धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले चढ्ने गाडी विशेषज्ञ वडा क्लिनिक सञ्चालन गर्न स्वा...

धनगढीकाे नगरसभामा विवाद, एमाले र माओवादीका जनप्रतिनिधिले फाले कुर्सी

इकागज | असार २०, २०७९

कैलाली । धनगढी उपमहानगरको आठौ नगर सभाको तेस्रो बैठकमा चर्को विवाद भएको छ । सो क्रममा उपमेयर कन्दकला र...