सुदूरपश्चिम

भीम रावलले पार्टी विरोधी गतिविधि गरेको कर्ण थापाको आरोप

इकागज | कात्तिक २३, २०७८

धनगढी – नेकपा एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापाले पार्टी उपाध्यक्ष भीम रावलले पार्टीमा विवाद निम्त्याउन खाजेको आरोप लगाएका छन् । आफुले फोन गरेर बैठकमा आउन आग्रह गर्दा नआएका रावलले सामाजिक सञ्जालबाट पार्टीविरुद्धका गतिविधी पोष्ट गर्दै एमालेमा विवाद निम्त्याउन खाजेको उनको आरोप छ ।

‘फोन गरेर प्रदेश स्तरीय बैठकमा आउन आग्रह गर्दा आउँदिनँ भन्ने रावलले सामाजिक सञ्जालको दुरुपयोग गरेर पार्टीमा विवाद निम्त्यान खोजेका छन्,’ पार्टीको सुदूरपश्चिम प्रदेश कमिटीको मंगलबार बसेको पूर्ण बैठकमा थापाले भने, ‘तर अब कसैले चाहेर पनि एमालेमा विवाद हुँदैन, त्यस्तो मानसिकता त्यागे हुन्छ ।’ 

उनले एमाले २ जेठ ०७५ अघिको अवस्थामा फर्कन नसक्ने पनि बताए । ‘रावल कामरेडले २ जेठअघिको संरचनाअनुसार पार्टी चल्नुपर्छ भन्ने माग राख्नु भएको छ,’ उनले भने, ‘अब त्यो सम्भव छैन, सबै मिलेर अघि बढे कुनै समस्या हुँदैन ।’

थापाले सामाजिक सञ्जालमा नभई बैठकमा आएर आफ्ना अभिव्यक्ति राख्न पनि रावलसँग आग्रह गरेका छन् । एमाले लोकतान्त्रिक पार्टी भएकाले बैठकमा सबैले आफ्ना धारणा राख्न पाउने उनले बताए । बैठकमा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ट, सहइन्चार्ज नारदमुनि राना, निरु पाल, प्रदेश अध्यक्ष थापा, सचिव राजेन्द्रसिंह रावललगायतको उपस्थिति छ ।

एमाले उपाध्यक्ष रावलले मंगलबार बिहान ट्विवट गर्दै सुदूरपश्चिम प्रदेश कमिटीको बैठकप्रति आपत्ति जनाएका थिए । उनले धनगढीमा बसेको बैठक प्रदेश स्तरीय नभई गुटको भेला भएको आरोप लगाएका थिए ।
 

दीपावली खुशीयाली साटासाट गर्ने एकताको पर्व : मुख्यमन्त्री भट्ट

इकागज | कात्तिक २०, २०७८

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तिहार (दीपावली) खुशीयाली साटासाट गर्ने सामा...

निसर्ग अस्पताल टेकबहादुर चोखाल स्मृति कपः वडा नम्बर ५ च्याम्पीयन

इकागज | कात्तिक १५, २०७८

धनगढी – दोस्रो निसर्ग अस्पताल टेकबहादुर चोखाल स्मृति कप फुटसल प्रतियोगिताको उपाधि धनगढी उपमहानगर...