सुदूरपश्चिम

कैलाली हत्या घटनाका थप एक आरोपी पक्राउ

दीपक उपाध्याय | कात्तिक २८, २०७८

कैलाली – प्रहरीले लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय भुपेन्द्र बडुवालको हत्या घटनामा संलग्ताको आरोपमा थप एक जनालाई पक्राउ गरेको छ । यसअघि, आठ जनालाई पक्राउ गरेको प्रहरीले अर्का आराेपी विकास खड्कालाई आइतबार बिहान पक्राउ गरेको हो । घटनापछि भागेर दैलेख पुगेका खड्कालाई लम्किचुहा ५ स्थित उनकै घरबाटै प्रहरीले पक्राउ गरेकाे हाे ।

योसँगै सो घटनामा संलग्नताको आरोपमा पक्राउ पर्नेको संख्या नौ पुगेको छ । सात जना अझै फरार रहेका इलाका प्रहरी टीकापुरका प्रहरी नायव उपरीक्षक (एसपी) प्रकाश सापकोटाले इकागजलाई जानकारी दिए ।

मंगलबार टीकापुर नगरपालिका–१ मा बडुवालको हत्या भएको थियो । उनको हत्यामा संलग्न रहेको भन्दै प्रहरीले यसअघि आठ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–३ का २० वर्षीय आर्यन देवकोटा, २४ वर्षीय महेश रावल, २० वर्षीय धीरज शाही, लम्कीचुहा–१ का २२ वर्षीय कपिल श्रेष्ठ, १८ वर्षीय निशान मल्ल रहेका छन् ।

यसैगरी, टीकापुर नगरपालिका–१ का २२ वर्षीय प्रविन रिमाल, २१ वर्षीय रोहित आले र २६ वर्षीय सोहन शाह पक्राउ परेका छन् । हत्याका मुख्य योजनाकार भनिएका नवीन रावल फरार रहेको प्रहरीले जनाएको छ । उनीसहित फरार रहेका सबैको खोजीकार्य भइरहेको प्रहरीको भनाइ छ ।

तीन बुँदे सहमति कार्यान्वयन नभए विद्रोह गर्ने विप्लवको चेतावनी

इकागज | कात्तिक २७, २०७८

धनगढी – नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले सरकारले आफ्नो पार्टीसँग गरेको ती...