सुदूरपश्चिम

प्रदेश सांसद बम कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित

इकागज | मंसिर ११, २०७८

दार्चुला- सुदूरपश्चिम प्रदेशसभा सांसद नन्दाकुमारी बम नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित भएकी छन् । महाधिवेशन प्रतिनिधिमा दार्चुलाबाट महिला प्रत्यक्षतर्फ चार सिटका लागि पाँचजनाको प्रतिस्पर्धा भएकोमा बमले ४ सय ९० मत मात्र ल्याएर पराजित भएकी हुन् । 

महाधिवेशन प्रतिनिधिमा शैल्यशिखर नगरपालिकाका उपमेयर राजमती पाल र शान्तिदेवी बमले समान ६८७/६८७ मत ल्याएर विजयी भएका छन् । दुहुँ गाउँपालिका उपाध्यक्ष ईश्वरी जोशीले ६ सय ६९ र यसोधा तिंकरीले ५ सय ६७ मत ल्याएको निर्वाचन समितिले जनाएको छ ।  

केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि ५९ जनाले मनोनयन दर्ता गराएका थिए । महाधिवेशन प्रतिनिधिमा २५ जना चयन भएका छन् ।

पौडेल पक्षीय बोहरा कांग्रेस दार्चुला सभापतिमा पुन: निर्वाचित

इकागज | मंसिर ११, २०७८

दार्चुला- नेपाली कांग्रेस दार्चुला सभापतिमा ललितसिंह बोहरा विजयी भएका छन् । कांग्रेसको सातौँ जिल्ला अधि...

कांग्रेस बैतडी : महाधिवेशन प्रतिनिधिमा पनि चन्द समूहकै वर्चश्व, पूर्वजिल्ला सभापतिदेखि पूर्वसांसद पराजित

इकागज | मंसिर १०, २०७८

बैतडी- नेपाली कांग्रेस बैतडीमा महाधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचनको मतपरिणाम चार दिनमा सार्वजनि...

पूर्वमन्त्री टेकबहादुर चोखालकी छोरी पनि कांग्रेस महाधिवेशन प्रतिनिधि

इकागज | मंसिर ९, २०७८

कैलाली - नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा दिग्गज र प्रभावशाली नेताहरूले हार व्यहोरिरहदा कैलालीम...