सुदूरपश्चिम

सुदूरपश्चिमको प्रसिद्ध उग्रतारा भगवती मेला सम्पन्न

इकागज | मंसिर ३, २०७८

डडेलधुरा - सुदूरपश्चिमको प्रसिद्ध उग्रतारा भगवती मेला सम्पन्न भएको छ । बिहीबार साँझदेखि सुरु भएको मेला शुक्रबार बेलुकी सम्पन्न भएको हो । हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमाको रात (रतेडी) र दोस्रो दिन (दिउसेडी) मेला लाग्छ । राति लाग्ने मेलालाई ‘रतेडी’ र दिउँसो लाग्ने मेलालाई ‘दिउसेडी’ भनिन्छ । खनमडा, छचोडा, दुमडा र जिलोडा भ्राण (भण्डार) रहेको उग्रतारा भगवती मन्दिरमा यी चारवटै गाउँबाट रतेडी मेलामा बिहान ‘देउरो’ आई दिउसेडी मेला सुरु भएको थियो ।

चारै गाउँका देउरा पुगेपछि भगवती माताको पूजा आराधना सुरु भएको थियो । पूजाआजापछि प्रसादका रूपमा ‘तिलाख’ ग्रहण गरियो । बिहानको पूजाआजापछि दिउँसो दाइन दामह, रुइसिंगका साथ मन्दिर क्षेत्रको मैदानमा गाँज नाचाइएको थियो ।

देहिजाँतको रूपमा मानिने उग्रतारा भगवती मेला भर्न सुदूरपश्चिम प्रदेशका साथै कर्णाली तथा छिमेकी देश भारतबाट समेत श्रद्धालु आएको उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले बताए । विगतका वर्षझैं यस वर्ष पनि हजारौं संख्यामा श्रद्धालु भक्तजनले मेला भरेको उनको भनाइ छ । डडेलधुरा सदरमुकामबाट चार किलोमिटर टाढा अमरगढी नगरपालिका- ८ को महाकाली राजमार्गसँगै सुन्दर डाँडामा अवस्थित महाशक्तिपीठ उग्रतारा भगवतीको मन्दिरमा लाग्ने मेलामा हजारौं दर्शनार्थी पूजा आराधना गर्न पुगेका थिए । 

कैलाली एमालेमा विवाद : भीम रावल समूहले गर्‍यो छुट्टै महाधिवेशन प्रतिनिधि छनोट

इकागज | मंसिर १, २०७८

कैलाली - नेकपा एमालेको कैलालीमा महाधिवेशन प्रतिनिधि चयनप्रति असन्तुष्ट रहेको क्षेत्र नम्बर २ असन्तुष्ट पक्ष...

कैलाली घटना अनुसन्धानका लागि सीआइबीको टोली धनगढी पुग्यो

दीपक उपाध्याय | कात्तिक २९, २०७८

कैलाली – कैलालीमा भूपेन्द्र बडुवालको हत्या घटनाबारे थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो ...