सुदूरपश्चिम

एकीकृत समाजवादी बैतडीका छ पालिकामा नेतृत्व चयन

इकागज | मंसिर १८, २०७८

बैतडी - नेकपा एकीकृत समाजवादीले बैतडीमा संगठन विस्तार अभियानलाई तीव्रता दिएको छ । जिल्लाका सबै स्थानीय तहमा कमिटी गठन गर्ने अभियानअन्तर्गत हालसम्म छ स्थानीय तहमा कमिटी गठन गरिएको पार्टीका जिल्ला अध्यक्ष महादेव भट्टले बताए । हालसम्म दोगडाकेदार, सुर्नया गाउँपालिका तथा पाटन, दशरथचन्द, मेलौली र  पुर्चौंडी नगरपालिकामा पालिकास्तरीय कमिटी गठन गरिसकिएको जनाइएको छ ।

पाटनको अध्यक्षमा लोकेन्द्र विष्टसहित ५५ सदस्यीय, दोगडाकेदारमा लक्ष्मीदत्त जोशीको अध्यक्षतामा ५१, सुर्नयामा दिनेशप्रसाद भट्टको अध्यक्षतामा ६५, दशरथचन्दमा दिनेशसिंह ठगुन्नाको अध्यक्षतामा ७७, पुर्चौडीमा रमेश बोहराको अध्यक्षतामा ६१ र मेलौलीमा भीम भट्टको अध्यक्षतामा ६५ सदस्यीय कमिटी गठन गरिएको हो । 

गठन गरिएका सबै पालिकामा सर्वसम्मतरूपमा नेतृत्व चयन गरिएको र बाँकी रहेका पालिकामा पनि मंसिरभित्र नेतृत्व चयन गरिने  सो पार्टीले जनाएको छ । एमालेसँग विभाजन भएपछि सो पार्टीले संगठन विस्तारलाई तीव्रता दिएको छ ।

तीन महिनासम्म जारी रहने उक्त अभियानमा सबैस्तरमा कमिटी गठन गरिने जनाइएको छ । मंसिरमा सबै पालिकामा संगठन विस्तार गरिने र त्यसपछि संगठन सुदृढीकरणको कामलाई अगाडि बढाइने दशरथचन्द नगरपालिकाका अध्यक्ष दिनेश ठगुन्नाले बताए । एमाले रहँदा यसअघि रहेको समानान्तर जिल्ला कमिटी पनि एकीकृत समाजवादीमा समाहित गरिएको थियो ।  जिल्ला अध्यक्ष भट्ट रहेको १ सय ५१ सदस्यीय समानान्तर कमिटी समाजवादीमा समाहित गरिएको हो । -रासस

कञ्चनपुर ट्याक्टर दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुग्याे

दीपक उपाध्याय | मंसिर १७, २०७८

कैलाली - पूर्व-पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरमा शुक्रबार भएको  ट्याक्टर दुर्घटनामा मृत्यु हुनेको संख्य...

कांग्रेस महाधिवेशन : सुदूरपश्चिमबाट तीन जनाले उम्मेद्‍वारी दिने घोषणा

इकागज | मंसिर १४, २०७८

कैलाली- नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि केन्द्रीय सदस्यमा सुदूरपश्चिम प्रदेशबाट तीन जनाले उम्मेद्...