सुदूरपश्चिम

एकैपटक ११ कर्मचारीको सरुवा भएपछि गाउँपालिकाले दिने सेवा प्रभावित

इकागज | पुस १४, २०७८

बैतडी- बैतडीको दोगडाकेदार गाउँपालिकाका एकैपटक ११ जना कर्मचारीहरूको सरुवा हुँदा पालिकाले दिने सेवा प्रभावित भएकाे छ । संघीय सरकारले स्थानीय तहका कर्मचारीकाे सरुवा खुला गरेपछि दोगडाकेदार गाउँपालिकाका ११ जना कर्मचारीको सरुवा भएको हो । 

गाउँपालिकामा कार्यरत एकजना इन्जिनियर, दुईजना ओभरसियर तथा एकजना सवओभरसियर, पाँचजना वडा सचिव, एकजना आइटी अफिसर र एकजना आन्तरिक लेखा परीक्षकको सरुवा भएको गाउँपालिकाले जनाएको छ । 

कर्मचारीहरूको अन्यत्रै सरुवा भएपछि नियमित काम चलाउन मुश्किल भएको गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताए । ‘बैतडी जिल्लाका पालिकाहरूमध्ये पहिलो पटक कर्मचारी भर्ना गर्ने हाम्रो पालिका हो । हालसम्म सरुवा रोकेकाले कर्मचारीको अभाव थिएन् । तर अहिले संघीय सरकारले नयाँ नीति ल्याउँदा कर्मचारीहरूको सरुवा भयो । अहिले हामीलाई काम गर्न निकै असहज भएको छ,’  उनले भने ।

केही पदमा करारका कर्मचारी भर्ना गर्न सकिने भए पनि इन्जिनियर र वडा सचिवहरूको पदपूर्तिमा समस्या हुने अध्यक्ष कार्कीले बताए । नयाँ भर्ना गरेकामध्ये तीन जना बाहेक सबै कर्मचारी सरुवा भएको उनले बताए ।

दोगडाकेदार गाउँपालिकाका आठ वडामध्ये वडा नम्बर १ बाहेकका सबै वडा सचिवविहीन भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रवीन्द्रबहादुर धामीले बताए । 

भारतको ज्यादती भन्दै चन्दका कार्यकर्ताले बिहानै लगाए सीमापुलमा ताला

इकागज | पुस १४, २०७८

दार्चुला- नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले दार्चुला सदरमुकाम खलंगा र भारतको...

पञ्चायतदेखि गणतन्त्रसम्मले राेजेका जनप्रतिनिधिकाे अनुभव : सबै व्यवस्था बलियाका लागि मात्रै भयाे

इकागज | पुस ११, २०७८

बैतडी - बैतडीको दशरथचन्द नगरपालिका-४ का वडा अध्यक्ष मोहन चन्दले पञ्चायतकालदेखि लोकतान्त्रिक गणतन्त्रा...

नेपाल-भारतका सुरक्षा अधिकारीबीच बैठक : दोहोरो नागरिकतामाथि निगरानी हुने

इकागज | पुस ९, २०७८

दार्चुला- भारत पिथौरागढको जोलजीविमा नेपाल-भारतका सुरक्षा अधिकारीबीच समन्वयात्मक बैठक बिहीबार बसेको छ ...