सुदूरपश्चिम

गुणस्तरहीन निर्माण सामग्रीको प्रयोग गरी बनाइएको ड्रेन वडाध्यक्षले भत्काए

इकागज | माघ ११, २०७८

कञ्चनपुर - शुक्लाफाँटा नगरपालिका–८ बेलडाँँडीमा गुणस्तरहीन सामग्रीको प्रयोग गरी ड्रेन निर्माण गरिएको पाइएको छ । 

बन्साहा, कलुवापुर, दोमिल्ला जोड्ने सडकखण्डअन्तर्गतको बेलडाँडीमा सडक किनारामा निर्माण भइरहेको ड्रेनमा कमसल खाले बालुवा, इँटा र सिमेन्टको मात्रा तोकिएको मापदण्डअनुरुप राखेको नपाइएपछि वडाध्यक्ष बहादुर महराले सम्बन्धित सरोकारवालाको रोहवरमा ड्रेन भत्काएका छन् । 

सन्तोष थेगिम जेभी नामक निर्माण कम्पनीले ठेक्का प्रक्रियामार्फत ड्रेनसहितको सडक निर्माण गरिरहेको छ । `पटक–पटक गुणस्तरीय निर्माण सामग्रीको प्रयोग गरी तोकिएको समयमा निर्माण सम्पन्न गर्न आग्रह गर्दा निर्माण कम्पनीले जिम्मेवारीपूर्वक काम अगाडि बढाएन`, वडाध्यक्ष महराले भने, `विभिन्न बहानाबाजी गर्दै अटेरी गर्दै आएको छ । निर्माणमा ढिलासुस्तीसँगै कमसल निर्माण सामग्री प्रयोग गर्न थालेपछि बाध्य भएर ड्रेन भत्काएका छौँ ।`

`निर्माण समयमै सञ्चालन गरी तोकिएका मापदण्ड समयसीमा र गुणस्तरयुक्त कार्य गर्ने निर्माण व्यवसायीको सम्मान गर्दछौँ । निर्माण व्यवसायीको प्रतिष्ठा र निर्माण व्यवसायको बदनामी हुने कार्यमा संलग्न निर्माण व्यवसायीलाई प्रचलित कानुनअनुसार कारबाहीका लागिसमेत माग गरेका छौँ`, उनले भने । निर्माण कम्पनीका प्रतिनिधि नारायण कँडेलले भने ड्रेनलगायत निर्माणमा गुणस्तरीय निर्माण सामग्रीको प्रयोग भइरहेको दाबी गरेको छ ।

`सडक निर्माणमा गुणस्तरहीन सामग्रीको प्रयोग गरेको पाइए निर्माण व्यवसायीलाई कारबाही हुन्छ`, भौतिक पूर्वाधार कार्यालय कञ्चनपुरका सूचना अधिकारी हेमराज भट्टले भने, `अनुगमन गर्छौँ, ठेक्का सम्झौताबमोजिमको काम गरेको हुनुपर्छ । त्यसविपरीत गरिएको छ भने कारबाही हुन्छ ।`

आव २०७७र७८ मा बन्साहा, कलुवापुर, दोमिल्ला जोड्ने सडकका लागि सुदूरपश्चिम सरकारको भौतिक पूर्वाधार कार्यालय महेन्द्रनगरले रु ११ करोड ६३ लाखमा ११ किलोमिटर सडक निर्माणका लागि ठेक्का सम्झौता गरेको छ । रासस

सामाजिक विकास मन्त्रालयका कर्मचारीमा कोभिड संक्रमणपछि अत्यावश्यक बाहेकका सेवा बन्द

इकागज | माघ ९, २०७८

कैलाली - सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले कर्मचारीमा कोभिड-१९ संक्रमण देखिएपछि अत्यावश्यक ब...

सुदूरपश्चिमाञ्चल क्याम्पस र दक्षिण कोरियाको केयू विश्वविद्यालयबीच सहकार्य

इकागज | माघ ९, २०७८

कैलाली - धनगढीस्थित सुदूरपश्चिमाञ्चल क्याम्पस (एसपिए) ले दक्षिण कोरियामा रहेको केयू विश्वविद्यालयसँग सहका...

धनगढी उपमहानगर र दक्षिण कोरियाको केयू विश्वविद्यालयबीच सहकार्य

इकागज | माघ ९, २०७८

कैलाली - धनगढी उपमहानगरपालिकाले नेपाल स्पोर्ट्स रिसर्च एण्ड प्रमोसन फाउन्डेसनसँग सहकार्य गर्ने भएको छ। उपम...