Ekagaj Logo
१६ कात्तिक २०८१, शुक्रबार
(Friday, 01 November, 2024)

सुदूरपश्चिम

फोहोर संकलन गर्ने गाडी घरनजिक आइपुगे अब माेबाइलबाट थाहा हुने

इकागज | असार १७, २०८०

कैलाली । धनगढी उपमहानगरपालिकाले फोहोर संकलन गर्ने गाडीमा जीपीएस प्रणाली जडान गरेको छ । यो प्रणाली जडान भएसँगै अब नगरका मानिसले फोहोर बोक्ने गाडी आफ्नो घर नजिक आइपुगेको आफ्नो मोबाइल मार्फत नै थाहा पाउने भएका छन् ।

धनगढी उपमहानगरपालिकाले नगरमा फोहोर बोक्ने गाडीमा जीपीएस जडान गरेको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले बताए । उनले हाललाई उपमहानगरपालिकाको तर्फबाट दुईओटा ट्राक्टरमा जीपीएस जडान गरिएको बताए ।

फोहरमैला संकलनलाई थप प्रभावकारी बनाउन ''समाजका लागि युवा" नामक संस्थासँगको सहकार्यमा उपमहानगरपालिकाले लुना जीपीएसको यो सेवा प्रयोगमा ल्याएको हो । सो एप मार्फत नगरवासीले सहजै फोहोर संकलन गर्ने गाडी कहाँ आइपुग्यो भनेर थाहा पाउन सक्नेछन् -"नगर प्रमुख हमालले बताए ।

साथै सो गाडी घर नजिकै पुग्दा उक्त एपले नगराबासीको मोबाइलमा नोटिफिकेसन पठाउनेछ । प्रविधि प्रभावकारी भएमा फोहरमैला संकलन गर्ने अन्य गाडीहरुमा समेत उक्त प्रविधि जडान गरिने नगर प्रमुख हमालले बताएका छन् ।

सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : वर्षा र दिपेन्द्र वर्ष खेलाडी घोषित

इकागज | असार १६, २०८०

कैलाली- क्रिकेटका दीपेन्द्रसिंह ऐरी र फुटबलकी वर्षा ओली चौथो संस्करणको ‘एसपिए सुदूरपश्चिम स्पोर्टस ...

स्पेसल अवार्ड प्रशिक्षक राजेन्द चन्द र करातेका खेलाडी आनन्द कामीले पाए

इकागज | असार १५, २०८०

कैलाली- चौथो एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्डको स्पेसल अवार्ड प्रशिक्षक राजेन्द चन्द र करातेका खेलाडी...