सुदूरपश्चिम

बैतडीका आधाभन्दा बढी मुहानको पानी पिउन अयोग्य

इकागज | असार ३१, २०८०

बैतडी- बैतडीका आधाभन्दा बढी मुहानको पानी पिउन अयोग्य पाइएको छ । स्वास्थ्य कार्यालयले मुहानको पानी परीक्षण गर्दा आधाभन्दा बढी मुहानको पानी पिउन अयोग्य पाइएको हो । 

यहाँका खानेपानीका मुहानको पानी परीक्षण गर्दा ५० दशमलव आठ प्रतिशत मुहानको पानीमा दिसामा हुने ‘कोलिफर्म’ कीटाणु भेटिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । स्वास्थ्य कार्यालयले जेठ र असारमा गरेको नमूना सङ्कलन तथा परीक्षणमा आधाभन्दा बढी खानेपानीका मुहानमा उक्त कीटाणु भेटिएको हो । उनले भने, 'खानेपानीका मुहानको पानी परीक्षणका क्रममा दिसामा भेटिने ‘कोलिफर्म’ कीटाणु मुहानको पानीमा भेटिएको छ, जुन पिउनयोग्य छैन ।'

जिल्लाका सबै स्थानीय तहका नागरिकले नियमित रूपमा प्रयोग गर्दै आएका खानेपानीका मुहान, धारा र ट्याङ्कीबाट नमूना सङ्कलन गरी परीक्षण गर्दा दिसामा हुने कीटाणु कोलिफर्म भेटिएको हो । स्थानीय बासिन्दाले नियमित प्रयोग गर्दै आएका दुई सय ६९ पानीका मुहानबाट नमूना सङ्कलन गरी परीक्षण गर्दा एक सय ३६ वटा मुहानको पानी पिउनयोग्य नरहेको पाइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।  

दशरथचन्द नगरपालिकामा ३४ वटा मुहानको नमूना सङ्कलन गरी परीक्षण गर्दा ११ वटा खानेपानीका मुहानमा कोलिफर्म भेटिएको छ । पुर्चाैडी नगरपालिकामा ३० मध्ये १२, पाटन नगरपालिकामा २९ मध्ये १३, मेलौली नगरपालिकामा ३१ मध्ये १७ खानेपानीका मुहानमा उक्त कीटाणु भेटिएको हो । 

यस्तै पञ्चेश्वर गाउँपालिकाका १८ मध्ये १४, शिवनाथ गाउँपालिकाका १८ मध्ये १२, सिगास गाउँपालिकाका ३७ मध्ये १०, सुर्नया गाउँपालिकाका २४ मध्ये १७ दोगडाकेदार गाउँपालिकाका २७ मध्ये १८ र डिलाशैनी गाउँपालिकाका २१ खानेपानीका मुहानबाट नमूना सङ्कलन गरी परीक्षण गर्दा १२ वटा पानीका मुहानमा कोलिफर्म भेटिएको छ । 

कोलिफर्म भेटिनु भनेको पानीमा दिसा रहेको, प्रदूषित र पिउनयोग्य नरहेको जिल्ला अस्पताल बैतडीका प्रमुख डा दीपेश श्रेष्ठले जानकारी दिए । 'कोलिफर्म भएको पानी पिउनाले झाडापखाला, टाइफाइड, हैजा र आउँ जस्ता विभिन्न सरुवा रोगको सङ्क्रमण बढ्ने सम्भावना हुन्छ,' उनले भने, 'कोलिफर्म भएको पानीले झाडापखाला, टाइफाइड, हैजा र आउँ जस्ता रोग फैलाउँछ ।'

कोलिफर्म भेटिएको मुहानको पानी उमालेर, शुद्धीकरण तथा फिल्टर गरेर मात्रै पिउन आग्रह गरिएको छ ।  

यसका साथै खानेपानीका मुहान वरिपरि सरसफाइ तथा उचित किसिमको ढल निकास नहुँदा ढलको पानी मुहान मिसिन गई दूषित हुने गरेकाले नियमित सरसफाइ गर्न आवश्यक रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । रासस

शिक्षक भर्ना प्रक्रिया कार्यान्वयन नगर्न महाकाली नगरपालिकाको नाममा अल्पकालीन अन्तरिम आदेश जारी

इकागज | असार ३१, २०८०

दार्चुला- दार्चुला जिल्ला अदालतले नगर शिक्षक पदको आन्तरिक प्रतियोगितात्मक परीक्षाको विज्ञापन २०८० लाई...

भौतिक पूर्वाधार विकास मन्त्रालयले भन्यो - आरजुको घर मर्मतका लागि पैसा दिएको छैन

इकागज | असार २७, २०८०

सुदूरपश्चिम - सुदूरपश्चिम प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालयले धनगढीमा नेपाली कांग्रेसकी नेत्री...

बैतडीमा लम्पी स्किन नियन्त्रण बाहिर : ६४ हजार पशु सङ्क्रमित, नौ हजार मरे

इकागज | असार २६, २०८०

बैतडी- लम्पी स्किन रोग प्रकोपका रूपमा फैलिएको छ । घरपालुवा पशुमा देखिएको यो रोग नियन्त्रणबाहिर गएको भे...

सुदूरपश्चिमका कानुनमन्त्री सिंहको निधनको शोक प्रस्ताव सर्वसम्मतले पारित

इकागज | असार २५, २०८०

कैलाली- सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री स्व. पृथ्वीबहादुर सिंहको निधनको शोक प्रस्ताव...