सुदूरपश्चिम

४ किलो चरेशसहित दुई जना पक्राउ

इकागज | साउन २४, २०८०

कैलाली - प्रहरीले ४ किलो लागु औषध चरेश सहित दुई जनालाई पक्राउ गरेको छ । 

धनगढी उप(महानगरपालिका १४ घुइयाघाट स्थित बहुलिया इलाका कार्यालयबाट खटिएको टोलीले शंकालागि चेकजाँच गर्दा प्युठान लुङ गाउपालिका ७ बस्ने वर्ष ४२ की मिना बुढाथोकी र जिल्ला रुकुम (पश्चिम) बासिकोट गाउपालिका ७ बस्ने बर्ष ३९ को भिमसेन खत्रीलाई चेकजाँच गर्दा भिमसेन खत्रीको झोलामा लुकाई छिपाई राखेको अवस्थामा उक्त परिणामको लागू औषध चरेस फेला पारेको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) कुलदिप चन्दले  प्रनानी बिर बहादुर बोहराको कमाण्डमा खटिएको गस्ती टोलीले  ४ किलो ३० ग्राम लागू औषध सहित दुवै जनालाई पक्राउ गरी नियन्त्रणमा लिई थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालयमा राखिएको बताए ।

सुदूरपश्चिम सरकारले गर्‍याे भीमदत्त राजमार्गमा गएको पहिरोको अवलोकन

इकागज | साउन २३, २०८०

कैलाली- सुदूरपश्चिमका सात पहाडी जिल्लालाई तराईसँग जोड्ने भीमदत्त राजमार्ग अन्तर्गत कैलालीको गोदावरी...

गोदावरीमा सडक भासियो, ७ जिल्ला चल्ने सवारी आवागमन अवरुद्ध (भिडियो)

इकागज | साउन २३, २०८०

कैलाली- सोमबार बिहानैदेखि परेको अविरल वर्षाका कारण सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग...

डडेल्धुरामा पैसा माग्दै शिवशिखर सहकारीविरूद्ध एक हजार पाँच सय उजुरी

इकागज | साउन २१, २०८०

डडेल्धुरा- शिवशिखर सहकारीका विरूद्ध एक हजार पाँच सय ४३ बचतकर्ताले रकम फिर्ताको माग गर्दै निवेदन दर्ता ग...