बाढीले कैलालीकाे गाेदावरीधाममा क्षति
कैलाली । कैलालीको गोदावरी धाममा गएराति गोदावरी नदीमा आएको बाढीले ठूलो क्षति पुर्याएको छ ।
गएराति भारी वर्षापछि गोदावरी नदीमा आएको बाढी नदी तटमा पसेको थियो । बाढीले बगाएर ल्याएका ढुंगामुढा र रुखहरुले मन्दिर तथा तटमा रहेका भौतिक संरचनामा क्षति पुगेको प्रहरीले जनाएको छ ।
गोदावरी धाममा हरेक वर्ष शिवरात्री र माघे संक्रान्तीमा ठूलो मेला लाग्ने गरेको छ ।