सुदूरपश्चिम

बैतडीमा नागरिकता बनाउने कम, राहदानी बनाउने धेरै

इकागज | भदौ ८, २०८०

बैतडी- बैतडीमा नेपाली नागरिकताको प्रमाणपत्र बनाउनेको सङ्ख्या घटेको छ भने राहदानी बनाउनेको सङ्ख्या बढेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क हेर्दा नागरिकता बनाउनेको सङ्ख्या घटेको र राहदानी बनाउनेको सङ्ख्या बढ्दै गएको हो ।

गत आर्थिक वर्ष २०७९/८० मा छ हजार तीन सय ३८ जनाले नागरिकता बनाएका बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिनुभयो । यसमा तीन हजार तीन सय ९६ पुरुष र दुई हजार नौ सय ४२ महिलाले नागरिकता बनाएका हुन् ।  जसमध्ये १२ जनाले वैवाहिक अङ्गीकृत नागरिकता बनाएका छन् । यस्तै पाँच जनाले नेपाली नागरिकताको प्रमाणपत्र परित्याग गरेका छन् । 

आर्थिक वर्ष २०७८/७९ मा आठ हजार पाँच सय १४ जनाले नागरिकता बनाएका थिए । यो एक वर्षको अवधिमा चार हजार दुई सय ५७ पुरुष र चार हजार दुई सय ५७ महिलाले नेपाली नागरिकताको प्रमाणपत्र लिएका हुन् । यस्तै २० जनाले  वैवाहिक अङ्गीकृत नागरिकता बनाएका छन् । यस्तै चार जनाले नेपाली नागरिकताको प्रमाणपत्र परित्याग गरेका छन् ।
 
आव २०७७/७८ मा पाँच हजार पाँच सय ६४ जनाले नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए भने छ जनाले नागरिकताको प्रमाणपत्र परित्याग गरेका थिए । 

यसैबीच यहाँबाट राहदानी बनाउनेको सङ्ख्या ह्वात्तै बढेको छ । गत वर्ष २०७९/८० मा जिल्ला प्रशासन कार्यालयबाट दुई हजार छ सय ८० जनालाई राहदानी वितरण गरिएको छ । जसमा दुई हजार चार सय ९६ पुरुष र एक सय ८४ महिला रहेका छन् ।  यो वर्ष द्रुत सेवाका लागि एक जनाको पनि सिफारिस गरिएको छैन ।
 
यस्तै आव २०७८/७९ मा छ सय २२ जनालाई राहदानी वितरण गरिएको छ । यसमा पाँच सय ३५ पुरुष र ६४ महिलाले राहदानी बनाएका हुन् । यसका साथै द्रुत सेवाका लागि आठ सय छ जनाले राहदानीको सिफारिस गरिएको जनाएको छ । आव २०७७/७८ मा यहाँका तीन सय ९२ जनालाई राहदानी वितरण गरिएकामा चार सय ३१जनालाई द्रुत सेवाका लागि सिफारिस गरिएको थियो । रासस

शिखर नगरपालिकाका मेयर बलायरमाथि आफ्नै स्वकियलाई खुकुरी प्रहार गरेको आरोप

इकागज | भदौ १, २०८०

कैलाली- डोटीको शिखर नगरपालिकाका नगर प्रमुख दिर्घ बलायरले आफ्नै स्वकीय सचिव राजेश ठगुन्नामाथि खुकुरी प्र...

बझाङमा भूकम्प

इकागज | भदौ १, २०८०

काठमाडौँ- बझाङको खिराताडी केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र ...

भदौ १ गते ओल्के पर्व, सुदूरपश्चिम सरकारले दियो सार्वजनिक बिदा

दीपक उपाध्याय | साउन ३२, २०८०

कैलाली- सुदूरपश्चिम प्रदेश सरकारले भदौ १ गते शुक्रबार सार्वजनिक बिदा दिइएको छ । भदौ १ गते मनाइने ओल्के...