सुदूरपश्चिम

अवैधरुपमा औषधि पसल सञ्चालन गर्ने ९ भारतीय पक्राउ

इकागज | जेठ ३२, २०८०

कञ्चनपुर- दोधारा चाँदनीमा अवैधरुपमा औषधि पसल सञ्चालन गर्ने नौ भारतीय नागरिक पक्राउ परेका छन् । उनीहरुलाई बुधबार पक्राउ गरिएको हो । 

दोधारा चाँदनी नगरपालिकाभित्र अवैधरुपमा औषधि पसल सञ्चालन गरेर औषधि बिक्री वितरण गर्दैआएका नौ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरतराज गिरीले जानकारी दिए । “ नौ भारतीय नागरिकलाई औषधिसहित नियन्त्रणमा लिएका छौँ”, उनले भने “उनीहरुमाथि अनुसन्धान गरी कारबाहीका लागि स्वास्थ्य विभाग पठाउँछौँ ।” 

पक्राउ पर्नेमा भारतको उधमसिंह नगरका सञ्जय विश्वास, कार्तीक सरदार, रवि विश्वास तथा भारत पिलिभितका ४६ वर्षीय राजेश विश्वास, ४५ वर्षीय सन्तोष सरकार, ४४ वर्षीय सुधान्सु हल्दार, र भुपेन्द्र पुरी रहेका छन् । रासस 

डाक्टर आत्महत्या प्रकरणः आरोपी सन्दीप भट्टराईलाई पुर्पक्षका लागि थुनामा पठाइयो

इकागज | जेठ ३१, २०८०

कैलाली - धनगढी उपमहानगरपालिका–५ बस्ने २६ वर्षीया फिजियोथेरापिष्ट डा. प्रसन्ना शाह मृत भेटिएको घट...

धनगढी उपमहानगरमा सेवाग्राहीका लागि सुविधासम्पन्न प्रतीक्षालय स्थापना

इकागज | जेठ ३०, २०८०

कैलाली- धनगढी उपमहानगरपालिकामा सेवाग्राहीका लागि सुविधासम्पन्न प्रतीक्षालय स्थापना गरिएको छ । उपमह...

गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्दै सुदूरपश्चिम प्रदेश सभा घेराउ

इकागज | जेठ २९, २०८०

कैलाली- कैलालीको गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्दै संघर्ष समित...

प्रधानमन्त्रीलाई भेटेर सुदूरपश्चिममा दुई मन्त्री र एक राज्यमन्त्री दिन रेशमको माग

इकागज | जेठ २९, २०८०

कैलाली- नागरिक उन्मुक्ति पार्टीले पूर्वसहमति अनुसार सुदूरपश्चिम सरकारमा आफूलाई दुई मन्त्री र एक राज्यमन्त्र...

सुदूरपश्चिममा बन्दको प्रभाव, मन्त्रीका गाडीमा ढुंगा हान्ने पाँच जना पक्राउ

इकागज | जेठ २८, २०८०

कैलाली । कैलालीस्थित गेटामा विश्वविद्यालय सञ्चालनको माग गर्दै आज गरिएको सुदूरपश्चिम बन्दको प्रभाव परेको छ...