Ekagaj Logo
१६ कात्तिक २०८१, शुक्रबार
(Friday, 01 November, 2024)

सुदूरपश्चिम

दैलेख आगलागी अपडेट : घाइते विकको मृत्यु

इकागज | बैशाख २८, २०८०

दैलेख- आठविस नगरपालिका–६ स्थित माल्या जङ्गलमा बुधबार आगलागीमा परी घाइते भएका एक जनाको मृत्यु भएको छ । आगलागीमा परी गम्भीर घाइते दैलेखको आठविस–६ का ५५ वर्षीय भैरव विकको उपचारको क्रममा बाँकेको नेपालगञ्जमा मृत्यु भएको हो । 

भेरी अस्पतालमा उपचाररत विकको गए राति मृत्यु भएको अस्पतालका प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट डा. बद्री चापागाईले जानकारी दिए । उनका अनुसार, भेरी अस्पतालमा उपचारका लागि ल्याइएका चार जनामध्ये विकको शरीरको अत्यधिक भाग जलेको थियो । बाँकी तीनमध्ये एकजनाको अवस्था गम्भीर छ भने अन्य दुईको अवस्था सामान्य छ । 

भेरी अस्पतालमा आठविस–६ का ३२ वर्षीया नैनी कामी, ३३ वर्षीय नवीन विक र २९ वर्षीय प्रजा विकको उपचार भइरहेको छ । अन्य चार घाइतेको नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौँ लैजाने तयारी डा चापागाईले बताए ।

दैलेखको आठविस–६ माल्या जङ्गलमा बुधबार आगलागी हुँदा घाइते भएका आठ जनालाई उपचारका लागि हेलिकप्टरमार्फत नेपालगञ्ज ल्याइएको हो । रासस

सुदूरपश्चिममा मन्त्रालय बाँडफाँटमा सहमति, मन्त्रीको नाम भने टुंगिएन

दीपक उपाध्याय | बैशाख २७, २०८०

धनगढी– सुदूरपश्चिमको सरकार विस्तारमा सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच सहमति भएको छ । सरकारको भाग...

सरकार विस्तारको गाँठो फुकाउन सुदूरपश्‍चिम सरकारको दौडधुप

इकागज | बैशाख २५, २०८०

कैलाली- मुख्यमन्त्री नियुक्ति भएको लामो समयसम्म पनि प्रदेश सरकार विस्तार गर्न नसकेको भन्दै आलोचित खेपिरहेक...

पत्रकारिताबारे सांसद बलायरले दिएकाे अभिव्यक्ति सच्याउन महासंघकाे आग्रह

इकागज | बैशाख २३, २०८०

कैलाली- कैलाली क्षेत्र नम्बर ५ का संघीय सांसद तथा नेपाली कांग्रेस सुदूरपश्चिमका सभापति बिरबहादुर ...

बाटाेमा खाल्डाखुल्डी देख्नुभाे, मेयरलाई फाेन गर्नुस् तुरुन्तै बन्छ

इकागज | बैशाख २२, २०८०

कैलाली । तपाइँको घर अगाडिको बाटो होस् अथवा अरु कुनै बाटाहरू, खाल्डाखुल्डी परेर हिँडडुल गर्न अफ्ट्यारो भ...

रोटरी क्लब धनगढीद्वारा प्रादेशिक अस्पताललाई 'क' वर्गको एम्बुलेन्स हस्तान्तरण

इकागज | बैशाख २२, २०८०

कैलाली- रोटरी क्लब अफ धनगढीले सेती प्रादेशिक अस्पताललाई अत्याधुनिक 'क' वर्गको एम्बुलेन्स हस्...

मेयर हमालले धनगढीका सामुदायिक विद्यालयलाई १० लाख बराबरको शैक्षिक सामग्री उपलब्ध गराउने

इकागज | बैशाख २२, २०८०

कैलाली- आधारभूत तह कक्षा ८ को परीक्षामा शून्य नतिजा ल्याउने धनगढी उपमहानगरपालिकाका सामुदायिक विद्...