Ekagaj Logo
१६ कात्तिक २०८१, शुक्रबार
(Friday, 01 November, 2024)

सुदूरपश्चिम

जनताको माग र आवश्यकताका आधारमा काम गर्छु : मुख्यमन्त्री शाह

इकागज | बैशाख ९, २०८०

दार्चुला- सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले स्थानीय जनताको माग र आवश्यकताका आधारमा काम गर्ने बताएका छन् । दार्चुला सदरमुकामस्थित महाकाली नगरपालिकाको सभा हलमा स्थानीय तहका जनप्रतिनिधि, जिल्लास्थित कार्यालय प्रमुख, राजनीतिक दल र कर्मचारीहरूसँग गरिएको संयुक्त अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री शाहले यस्ताे बताएका हुन् ।

'विगतमा भएका कमीकमजोरीहरूलाई सच्याएर प्रकृयागत ढंगले योजना तथा बजेट विनियोजन गरिने र जन्ताको पूर्ण निगरानीमा काम गर्ने उनकाे भनाइ छ । 
स्थानीय टोल, वडा, पालिका हुँदै जिल्ला समन्वय समितिबाट सिफारिस भइ आएका योजनाहरूलाई आवश्यकताका आधारमा प्राथमिकीकरण गरिन्छ । मैले सबै जिल्लाको वस्तुस्थिति बुझेर बजेट निर्माणमा सहयोग पुग्ने अपेक्षा गरेको छु,' उनले भने ।

उनले प्रक्रिया मिचेर आएका योजनाहरू कार्यान्वयनमा नल्याउने बताए । सोर्स फोर्सका आधारमा नभइ प्राथमिकताका आधारमा काम गर्ने गरिने उनकाे भनाइ छ ।

कार्यक्रमका अधिकांश सहभागीले प्रदेशका योजना पहुँचको भरमा आउने र योजना पार्न कमिसन (प्रिपेड) दिनुपर्ने अवस्था रहेको भन्दै यस्तो अवस्थाको अन्त्य हुनुपर्ने सुझाव दिएका थिए ।

मुख्यमन्त्री शाहसँगै दार्चुलाबाट निर्वाचित प्रदेशसभा सदस्य बिक्रमसिंह धामी, लक्ष्मी बिक, प्रदेश योजना आयोगका उपाध्यक्ष मोहनदेब बिष्ट लगायतकाे टाेली दार्चुला आइपुगेका छन् । उक्त टाेलीले आजै गौरवको आयोजना दार्चुला टिङ्कर सडक र महाकाली तटबन्धको निरीक्षण समेत गरेको छ । भोलि बिहान महेन्द्र नमुना विद्यालय निरीक्षण तथा अनुगमन हुने प्रदेश सभा सदस्य बिक्रम सिंह धामीले बताए ।

निजी विद्यालयले शुल्क वृद्धि र पाठ्यपुस्तक परिवर्तन गर्न नपाउने

इकागज | बैशाख ८, २०८०

कञ्चनपुर- भीमदत्त नगरपालिकाले निजी विद्यालयले शुल्क वृद्धि र पाठ्यपुस्तक परिवर्तन गर्न नपाउने निर्णय गरेको ...

सेतीमा कर्मचारी भर्ना निष्पक्ष हुनुपर्छ भनेका भट्टमाथि माओवादीको कारबाही

इकागज | बैशाख ६, २०८०

धनगढी- सेती प्रादेशिक अस्पतालमा स्वास्थ्यकर्मी भर्ना प्रक्रियाको विरोध गर्दा डिल्लीराज भट्ट नेकपा माओवाद...