सूचना-प्रवधि

नासा र स्पेसएक्सले अर्को हप्ता नयाँ अन्तरिक्ष मिसन प्रक्षेपण गर्ने

इकागज | असोज ४, २०८१

काठमाडौँ - नासा र स्पेसएक्सले आगामी सेप्टेम्बर २६ मा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा चालक दलसहितको नयाँ  अन्तरिक्ष मिसन प्रक्षेपण गर्ने लक्ष्य राखेका छन् ।

नासाका अन्तरिक्ष यात्री निक  र रोसकोमसका अन्तरिक्ष यात्री अलेक्जेन्डर गोर्बुनोभ ‘स्पेसएक्स क्रु–९ मिसन’ मा अन्तर्राष्ट्रिय स्पेस स्टेशन (आईएसएस)मा प्रक्षेपण गर्ने तयारी गरिरहेको नासाले जनाएको छ ।

यो उडान नासाको कमर्शियल क्रु प्रोग्रामअन्तर्गत स्पेसएक्स सँगको नौ चालक दल रोटेशन मिसन हो ।

दुई अन्तरिक्ष यात्रीहरू फ्लोरिडाको केप क्यानाभेरल स्पेस फोर्स स्टेशनको लन्च कम्प्लेक्स ४० बाट ‘स्पेसएक्स ड्र्यागन अन्तरिक्ष यान’बाट अन्तरिक्षमा जाने कार्यक्रम रहेको छ  ।

नासाका अनुसार क्रु–९ ले तल्लो पृथ्वीको कक्षभन्दा बाहिर मानव अन्वेषणको लागि तयारी गर्न र पृथ्वीमा मानवतालाई फाइदा पु¥याउन नयाँ वैज्ञानिक अनुसन्धान सञ्चालन गर्नेछ ।

जुनमा बोइङको स्टारलाइनर अन्तरिक्ष यानबाट आइएसएस पुग्नुभएका नासा अन्तरिक्ष यात्री बुच विल्मोर र सुनी विलियम्स हेग र गोर्बुनोभसँगै पृथ्वीमा फर्किनेछन् । 
 

न्यूरालिङ्कको दाबी : मानव मस्तिष्कमा चिप प्रत्यारोपण गर्ने दोस्रो परीक्षण सफल

इकागज | भदौ ६, २०८१

काठमाडौँ- एलन मस्कको न्यूरालिङ्कले पक्षाघात भएका बिरामीहरूको लागि मस्तिष्क चिप्स बनाउन काम गरिरहेको छ । ...

सामाजिक सञ्‍जाल एक्स पोष्टहरूमा जवाफहरू व्यवस्थित गर्न नयाँ सुविधा लन्च

इकागज | साउन ३१, २०८१

काठमाडौँ - सामाजिक सञ्जाल एक्स प्लेटफर्मले आइओएस प्रयोगकर्ताहरूका लागि नयाँ सुविधा सुरु गर्ने घोषणा गरेक...