सूचना-प्रवधि

माइक्रोसफ्टको सर्भर डाउन : विश्वभरका एयरलाइन्स, बैंक र दुरसञ्‍चार सेवा प्रभावित

इकागज | साउन ४, २०८१

काठमाडौँ- माइक्रोसफ्टको सर्भर डाउन भएपछि शुक्रबार विश्वभरका धेरै बैंक, एयरलाइन्स र दूरसञ्चार सेवाको काम अचानक ठप्प भएको छ ।

साथै धेरै टिभी र प्रसारण कम्पनीहरूको प्रसारण पनि बन्द भएको छ । माइक्रोसफ्टको सर्भर डाउन भएका कारण यो समस्या देखिएको हो । माइक्रोसफ्टले यसलाई ठीक गर्न प्रयास गरिरहेको बताएको छ।

सूचना प्रविधि प्रणालीमा खराबीका कारण सिड्नी विमानस्थल र युनाइटेड एयरलाइन्सका जहाजको उडान अवरुद्ध भएको छ ।

अमेरिकाको युनाइटेड, डेल्टा र अमेरिकन एयरलाइन्सले विश्वभर आफ्नो उडान बन्द गरेका छन् । हाल उडानमा रहेका उडानबाहेक अहिले कुनै पनि जहाजले उडान नगर्ने भएका छन् ।

माइक्रोसफ्टले माइक्रोसफ्ट ३६५ एप र अन्य सेवाहरूमा प्रयोगकर्ताहरूलाई समस्या भएको र अहिले समस्याको अनुसन्धान र समाधानको प्रयास गरिरहेको जनाएको छ ।

अहिलेसम्म के समस्या आएको हो भन्ने स्पष्ट नभएपनि अस्ट्रेलियाको गृह मन्त्रालयले ग्लोबल साइबर सेक्युरिटी फर्म क्राउडस्ट्राइकमा समस्या आएको बताएको छ ।

शिक्षामन्त्री श्रेष्ठले भनिन्: नेपाली नागरिक हुँ, पीआर र नागरिकता लिएकी छैन

इकागज | असार २६, २०८१

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले नेपाली नागरिक भएकाले अन्य देशका पीआर तथा ना...

ओपनएआईको च्याटजिपिटी अब सबै एप्पल म्याक प्रयोगकर्ताहरूको लागि उपलब्ध

इकागज | असार १२, २०८१

काठमाडौँ- ओपनएआईको च्याटजिपिटी अब सबै एप्पल म्याक प्रयोगकर्ताहरूको लागि उपलब्ध भएको छ । साम अल्टम्यानद्...

भारतका लागि व्हाट्सएप, फेसबुक, मेसेन्जर र इन्स्टाग्राममा मेटा एआई

इकागज | असार १०, २०८१

काठमाडौँ- भारतमा व्हाट्सएप, फेसबुक, मेसेन्जर, इन्स्टाग्राम र मेटा डट एआईमा आर्टिफिसियल इन्टेलिजेन्स मेटा ए...

भारतका दोस्रो धनी व्यक्ति गौतमले एक वर्षमा लिए ९.२६ करोड पारिश्रमिक

इकागज | असार १०, २०८१

काठमाडौँ- भारतका दोस्रो धनी व्यक्ति गौतम अडानीले आर्थिक वर्ष सन् २०२३-२४ मा कुल ९.२६ करोड भारतीय रुपैया...