सूचना-प्रवधि

लाखौं वाईफाई राउटरहरू ह्याकरहरूको पहुँचमा

विवेक देवकोटा | जेठ २०, २०८१

काठमाडौँ- सिइआरटी– इनका अनुसार वाईफाई राउटरहरूमा भएका त्रुटीको फाइदा उठाएर ह्याकरहरूले तपाईँको राउटरमा लगइन गर्न सक्छन् र डाटामा पहुँच पुर्याउन सक्छन् । यसबाहेक लगइन आईडी र पासवर्ड पनि परिवर्तन गर्न सक्छन् । यदि तपाईँ सचेत हुनुहुन्न भने हामी तपाईँलाई बताउँछौं कि वाईफाई राउटर एक उपकरण हो जसले लगभग १०० मिटरको जुनसुकै क्षेत्र भित्र वायरलेस इन्टरनेट प्रदान गर्दछ ।

यदि तपाईँको घरमा पनि वाईफाई इन्टरनेट जडान गरिएको छ भने तपाईँका लागि यो खबर काम लाग्ने हुन सक्छ । भारतीय कम्प्युटर इमर्जेन्सी रेस्पोन्स टिम (सिइआरटी–इन) ले वाईफाई राउटरहरूको सम्बन्धमा अलर्ट जारी गरेको छ । सिइआरटी–इनले सबै ब्रान्डका वाईफाई राउटरहरूका सम्बन्धमा सबै राउटरहरूमा उच्च स्तरका त्रुटीहरू छन् जसको फाइदा ह्याकरहरूले उठाउन सक्ने बताएको छ ।

सिइआरटी–इनका अनुसार यस त्रुटीको फाइदा उठाएर, ह्याकरहरूले तपाईँंको राउटरमा लगइन गर्न सक्छन् र डाटमा पहुँच गर्न सक्छन् । यसबाहेक लगइन आईडी र पासवर्ड पनि परिवर्तन गर्न सक्छन् । यदि हामी सचेत भएनौँ भने ह्याकरहरूले वाईफाई राउटरहरूमा भएको त्रुटीको फाइदा उठाएर हाम्रो डाटामा पहुँच बनाइ क्षति गर्न सक्छन् ।

सिइआरटी–इनले यो बग टिपि लिड्ढको राउटरहरूमा रहेको बताएको छ । यो राउटर भारत र नेपालमा सबैभन्दा बढी प्रयोग गरिन्छ । यस बगको फाइदा उठाएर, ह्याकरहरूले मनोमानी कोडमा पहुँच गर्न सक्छन् र राउटरमा जडान भएका उपकरणहरूमा पनि छेडछाड गर्न सक्छन् । सिइआरटी–इनका अनुसार यो बग यति ठूलो छ कि पासवर्ड बिना नै राउटरमा लगइन गर्न सकिन्छ ।

यस बगबाट बच्ने एक मात्र तरिका तपाईँको वाईफाई राउटर अपडेट गर्नु हो । लग इन गरेपछि तपाईँले फर्मवेयर अपडेट आएको देख्नुहुनेछ जुन अपडेट गर्न आवश्यक छ । यसबाहेक, पूर्वनिर्धारित लगइन आईडी र पासवर्ड परिवर्तन गरेर यो बगबाट बच्न सकिन्छ । वाईफाई राउटरको रिमोट सेटिड्ढ सिस्टम पनि बन्द गर्नु उपयुत्त मानिन्छ ।
 

सामसङको चिप प्रणाली बिडमा मूल्य निर्धारण गरेको आरोपमा १२ फर्मलाई जरिवाना

इकागज | जेठ २०, २०८१

काठमाडौँ- दक्षिण कोरियाको एन्टिट्रस्ट नियामकले सामसङ एसडीएसको सेमीकन्डक्टर अनुगमन र नियन्त्रण प्रणालीमा बि...

जेनएआई-आधारित स्मार्टफोनको विश्वव्यापी बिक्रीको हिस्सा ६ प्रतिशत

इकागज | जेठ १८, २०८१

काठमाडौँ- जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स (जेनएआई) मा आधारित स्मार्टफोनले सन् २०२४ को पहिलो त्रैमासमा...

माइक्रोसफ्टद्वारा सञ्‍चालित एआई कोपाइलट टेलिग्राममा जडान

विवेक देवकोटा | जेठ १७, २०८१

काठमाडौँ- यदि तपाईँ टेलिग्राम एप प्रयोग गर्नुहुन्छ भने तपाईँलाई यो खबरले धेरै खुसी दिन सक्छ । माइक्रोसफ्...

दक्षिण कोरियाले अमेरिकामा संयुक्त एआई अनुसन्धान प्रयोगशाला खोल्ने

इकागज | जेठ १५, २०८१

काठमाडौँ- दक्षिण कोरियाको विज्ञान मन्त्रालयले मंगलबार अमेरिकाको न्यूयोर्क युनिभर्सिटी (एनवाईयू) सँग मिले...

हुन्डाई मोबिसले ईभी पार्ट्स, अटोमोटिभ चिप्समा लगानी विस्तार गर्ने

इकागज | जेठ १४, २०८१

काठमाडौँ- दक्षिण कोरियाको प्रमुख अटो पार्ट्स निर्माता हुन्डाई मोबिसले यो वर्ष इलेक्ट्रिक गाडी (ईभी) पार्ट्स ...