साताको सेयर बजार

बजेटले सम्बोधन नगरेपछि सेयर बजार परिसूचक सातामै १४५ अंक घट्यो

इकागज | जेठ २१, २०७९

काठमाडौँ- बजेटपछि सेयर बजार उकालो लाग्ने कतिपयको विश्लेषणलाई गलत सावित गर्दै यस साता बजार उल्लेख्य घटेको छ । गत आइतबार अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदमा प्रस्तुत गरेको बजेटले दोस्रो बजारका लगानीकर्ताहरूलाई सम्बोधन नगरेपछि बजार हाल २ हजारको लाइनमा आइपुगेको छ।

जेठ १५ गते घोषणा भएको बजेटमा रेमिट्यान्स पठाउने नेपालीलाई आइपीओ निष्काशनमा कोटा तथा गैर आवाशीय नेपालीलाई पनि दोस्रो बजारमा कारोबार गर्न सिस्टम बनाउने बाहेक अन्य कुनै कुरा सम्बोधन नभएपछि सेयर बजार लगानीकर्तामा निराशा छाएको छ । 

तरलताले असर गरेको बजारलाई बजेटले केही राहत दिने विश्वासमा रहेका लगानीकर्तालाई सम्बोधन नभएपछि बजार झनझन तल ओर्लिएको छ । गत वर्षको भदौमा ३१९८ विन्दुको उचाई छोएको बजार ११ सय २० अंक घटेर हाल २०७८ अंकमा ओर्लिएको छ । विशेषगरि सेयर नेपाल राष्ट्र बैंकको गलत नीतिको सिकार सेयर बजार भएको कतिपय विश्लेषकहरू बताउँछन् । कर्जामा क्याप लगायतका नीतिले बजार घट्न पुगेको उनीहरूको तर्क छ । 

यस साता पनि बजार उल्लेख्य घटेको छ। साताको पहिलो कारोबारदेखि नै घट्न थालेको बजार साताभर निरन्तरता पायो । यस साताभर धितोपत्र बजार १ सय ४५ दशमलव ८ अंक घटेको छ। गत साता ११ दशमलव ३१ अंकले बजार परिसूचक घटेको थियो। अघिल्लो शुक्रबार २२२३ दशमलव ७८ अंकमा रहेको बजार साताभर १ सय ४५ अंक घटेर २०७८ दशमलव ७० अंकमा ओर्लिएको छ ।

कारोबार रकम पनि यस साता सामान्य रूपमा घटेको छ । गत साता करिव ७ अर्ब कारोबार भएको बजारमा यस साता भने ६ अर्ब १७ करोड रूपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

कारोबार दिन

अंक परिवर्तन

कारोबार रकम

सोमबार

५०.३३

१ अर्ब ३३ करोड

मंगलबार

३५.५३

१ अर्ब ३१ करोड

बुधबार

७.१९

१ अर्ब ०७ करोड

बिहीबार

१८.२६

१ अर्ब १६ करोड

शुक्रबार

३३.७६

१ अर्ब ३० करोड

 

जम्मा

१४५.०७

६ अर्ब १७ करोड

 

 

उप-समूहतर्फ यस साता कारोबार भएको समूहको सेयर मूल्य पनि उल्लेख्य कमी आयो । जसमा बैंकिङ समूह १ सय १ दशमलव ३७ अंक, व्यापार समूह २ सय २० दशमलव २७ अंक, होटेल तथा पर्यटन समूह १ सय १९ दशमलव ५४ अंकले घटेको छ।

त्यस्तै विकास बैंक समूह २ सय ६ दशमलव ३४ अंक, जलविद्युत समूह १ सय २६ दशमलव ७  अंक, फाइनान्स समूह ८४ दशमलव २२ अंक, निर्जीवन बीमा समूह ९ सय ४७ दशमलव ७८ अंक, म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ समूह ३ सय ७० दशमलव ९६ अंकले घटेको छ।

अन्य समूह १ सय १३ दशमलव ९३ अंक,  माइक्रो फाइनान्स समूह २ सय ५१ दशमलव ८४ अंक, जीवन बीमा समूह ९ सय १६ दशमलव ६५ अंक, म्युचुअल फण्ड समूह शून्य दशमलव ५५ अंक तथा लगानी समूह ४ दशमलव २२ प्रतिशतले घटेका छन् ।

उप-समूह

अघिल्लो साता

यो साता

परिवर्तन

बैंकिङ

१५४८.८७

१४४७.५०

१०१.३७

व्यापार

१९२७.८६

१७०७.५९

२२०.२७

होटेल तथा पर्यटन

२८३१.०२

२७११.४८

११९.५४

विकास बैंक

३८१३.११

३६०६.७७

२०६.३४

जलविद्युत

२५५२.४६

२४२५.७६

१२६.७

फाइनान्स

१६०९.९७

१५२५.७५

८४.२२

निर्जीवन बीमा

९४८२.४५

८५३४.६७

९४७.७८

म्यानिफ्यक्चरिङ एण्ड प्रोसेसिङ

५३७७.८९

५००६.९३

३७०.९६

अन्य

१६४६.३५

१५३२.४२

११३.९३

माइक्रो फाइनान्स

४५४९.७४

४२९७.९०

२५१.८४

जीवन बीमा

१०७७९.५७

९८६१.९२

९१७.६५

म्युचुअल फण्ड

१५.३३

१४.७८

०.५५

लगानी

७१.८६

६७.६४

४.२२

पूँजी बजार घटेर साताको अन्तिम कारोबारको दिनसम्म आइपुग्दा २९ खर्ब ५९ अर्ब ४८ करोडमा झरेको छ ।

विदेशिएकालाई आइपीओमा १० प्रतिशत कोटा, गैर आवाशीयलाई सेयर लगानीको व्यवस्था मिलाइने

इकागज | जेठ १५, २०७९

काठमाडौँ- सेयरमा बजारमा गैर आवाशीय नेपालीहरूको लगानी खुल्ला गर्न कानुनी व्यवस्था मिलाउने भएको छ ...