रोकिएन सेयर बजारको गिरावट
बुधबार २३ अंकले नेप्से बढ्दा १ कम्पनीको सेयर मूल्य सर्किट ब्रेकर
काठमाडौँ - साताको चौथो कारोबारको दिन पनि सेयर बजार २३.३२ अंकले घटेको छ । केही सातादेखि निरन्तर गिरावट देखिएको सेयर बजारमा बुधबारको कारोबारमा पनि गिरावट देखिएको हो । मंगलबारको कारोबारमा ४६ अंकले घटेको नेप्से आज २३ अंकले घटेको हो ।
बुधबार २४५२.०६ अंकबाट सुरु भएको बजार बन्द हुने बेलामा २४२८.७५ अंकमा ओर्लिएको छ। अर्थात आज नेप्से परिसूचक ०.९५ प्रतिशत तथा 'क' वर्गका कम्पनीहरू सेयर मूल्य मापक सेन्सेटिभ परिसूचक ०.५० प्रतिशत अर्थात २.२८ अंकले घटेर ४५५ दशमलव ९४ अंकमा ओर्लिएको छ ।
मंगलबार २ अर्ब ६७ करोड रूपैयाँ बराबरको कारोबार भएको बजारमा आज भने कारोबार रकम घटेको छ। आज कारोबार भएका २ सय २६ कम्पनीको सेयर कारोबारमा १ अर्ब ९९ सय करोड ५९ लाख ६४ हजार ३ सय ८४ रूपैयाँ बराबरको ४३ लाख ७९ हजार ४२ कित्ता सेयर ३८ हजार २ सय ६२ पटकको कारोबारमा खरिद बिक्री भएको छ ।
समूहगत परिसूचकमा होटेल तथा पर्यटन, अन्य तथा म्यचुअल फण्ड समूह समूहबाहेक अरू समूहको सेयर मूल्य घटेको छ । आज होटल तथा पर्यटनको सेयरमा २.०६ प्रतिशत बढोत्तरी भएको थियो।
२३ अंकले बजार घट्दा आज कारोबार भएका जम्मा ३३ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय ५६ कम्पनीको सेयर मूल्य घटेको छ ।
आजको कारोबारमा नेष्डो समृद्ध लघुवित्तको सेयर मूल्यले सर्किट ब्रेक लागेको छ। अन्य बढी कमाउने कम्पनीमा सोल्टी होटेल, तारागाउँ रिजेन्सी होटेल, युनाइटेड आइडी आई मार्दी हाइड्रो, सिंगटी हाइड्रो लगायतका कम्पनी रहेका छन् ।
आजको कारोबारमा सर्वाधिक गुमाउने पाँच कम्पनीमा इमर्जिङ नेपाल, राष्ट्र उत्थान लघुवित्त , बुद्ध भूमि हाइड्रो, नयाँ सारथी लघुवित्त तथा शिखर इन्स्योरेन्स कम्पनी रहेका छन् ।