साताको सेयर बजार

साताभरको सेयर कारोबार निराशाजनक, ३ अंकले ऋणात्मक

इकागज | चैत १२, २०७८

काठमाडौँ- यस साता सेयर बजार परिसूचक नेप्से सामान्य अंकले घटेको छ । साताको प्रथम कारोबार दिन ६ गते आइतबार २६१६ दशमलव ५८ अंकबाट सुरु भएको बजार १० गते २६१३.६७ अंकमा ओर्लिएको हो । साता भरको कारोबारमा २.९१ अंकले घट्न पुगेको हो ।

यस साता सेयर कारोबार सोमबार र मंगलबार २ दिन बढेको थियो भने आइतबार, बुधबार र बिहीबार ३ दिन ऋणात्मक भएको थियो । साताभर सेयर बजारको ५ दिनको कारोबार रकम पनि करिव १३ अर्बमा खुम्चिएको छ । साताको अन्तिम दिन मात्रै नेप्से ३ अर्बमाथि उक्लिएको थियो । आइतबारदेखि बुधबारसम्म २ अर्बमाथि मात्रै कारोबार भएको थियो ।

आइतबार

साताको सुरुवातमै सेयर बजार घट्न पुगेको थियो । पहिलो कारोबारको दिन १४.६७ अंकले गिरावट आएको थियो । आइतबार २६३१.३२ परिसूचक विन्दुबाट सुरु भएको कारोबार बजार बन्द हुने बेलामा २६१६.५८ अंकमा ओर्लिएको थियो । आइतबार 'क' वर्गका कम्पनीहरू सेयर मूल्य मापक सेन्सेटीभ परिसूचक ०.६० प्रतिशत अर्थात ३.०१ अंकले घटेर ४९४ दशमलव ३८ अंकमा ओर्लिएको थियो।

यस दिन कारोबार रकममा पनि कमी आएको थियो। आइतबार कारोबार भएका २ सय २४ कम्पनीको सेयर कारोबारमा २ अर्ब २७ करोड ४६ लाख  २६ हजार १ सय ९१ रूपैयाँ बराबरको सेयर खरिद बिक्री भएको थियो। गत साताको अन्तिम कारोबारको दिन बुधबार २ अर्ब ५७ करोड ४ लाख बराबरको सेयर खरिद बिक्री भएको थियो। आज ४२ लाख ८७ हजार ५ सय ६९ कित्ता सेयर ३५ हजार २ सय १२ पटकको कारोबारमा खरिद बिक्री भएको थियो ।

सोमबार

आइतबार घटेको सेयर बजार सोमबार भने केही सुधार देखिएको थियो। सोमबारको कारोबारमा सेयर बजार परिसूचक १८.०७ प्रतिशतले बढेको आइतबारको कारोबारमा करिव १५ अंकले घटेको नेप्सेमा आज तीव्र उतारचढावबीच अन्त्यमा सकारात्मकता तर्फ लम्किएको थियो।

सोमबार २६१६.५८ परिसूचक विन्दुबाट सुरु भएको कारोबार बजार बन्द हुने बेलामा २६३४.६५ अंकमा उकालो लागेको थियो। 'क' वर्गका कम्पनीहरू सेयर मूल्य मापक सेन्सेटीभ परिसूचक ०.३९ प्रतिशत अर्थात १.९२ अंकले बढेर ४९६ दशमलव ३० अंकमा उक्लिएको थियो।

सोमबार कारोबार भएका २ सय ३१ कम्पनीको सेयर कारोबारमा २ अर्ब ५९ करोड २७ लाख  १८ हजार १ सय ३१ रूपैयाँ बराबरको सेयर खरिद बिक्री भएको थियो। यसदिन ५१ लाख ८९ हजार ८३ कित्ता सेयर ३७ हजार ९ सय ३९ पटकको कारोबारमा खरिद बिक्री भएको थियो।

समूहगत परिसूचकमा सोमबार ११ समूहको सेयर मूल्य बढ्दा २ समूहको सेयर मूल्य घट्न पुगेको थियो। यस दिन विकास बैंक समूह २.९५ प्रतिशत तथा जलविद्युत समूह २.७३ प्रतिशतले बढेको थियो। घट्ने समूहमा भने होटेल र पर्यटन समूह ०.४३ प्रतिशत तथा अन्य समूह १.९ प्रतिशतले घटेको थियो।

दोहोरो अंकले बजार बढ्दा आज कारोबार भएका १ सय ५६ कम्पनीको सेयर मूल्य बढेको थियो भने ३१ कम्पनीको सेयर मूल्य घटेको थियो ।

मंगलबार

सोमबार बढेको सेयर बजारले मंगलबार पनि निरन्तरता पाएको थियो। मंगलबार नेप्से परिसूचक १६.०४ अंकले बढेको बढ्दा लगानीकर्तामा केही राहत महसुस गरेका थिए। मंगलबार २६३४.६५ परिसूचक विन्दुबाट सुरु भएको कारोबार बजार बन्द हुने बेलामा २६५०.७० अंकमा उकालो लागेको छ । यस दिन 'क' वर्गका कम्पनीहरू सेयर मूल्य मापक सेन्सेटीभ परिसूचक ०.४१ प्रतिशत अर्थात २.०६ अंकले बढेर ४९८ दशमलव ३६ अंकमा उक्लिएको थियो।

यसदिन कारोबार भएका २ सय ३५ कम्पनीको सेयर कारोबारमा २ अर्ब ५१ करोड ८८ लाख  ९४ हजार १ सय ७८ रूपैयाँ बराबरको सेयर खरिद बिक्री भएको थियो। मंगलबार ५३ लाख २९ हजार ९ सय ९३ कित्ता सेयर ३६ हजार ७ सय ७२ पटकको कारोबारमा खरिद बिक्री भएको थियो । दोहोरो अंकले बजार बढ्दा आज कारोबार भएका १ सय ६ कम्पनीको सेयर मूल्य बढेको थियो भने ७७ कम्पनीको सेयर मूल्य घटेको थियो।

बुधबार 

सोमबार र मंगलबार सामान्य बढेको बजार बुधबार पुन: ओरालो लागेको थियो। बुधबार सेयर बजार २०.३४ अंकले गिरावट आएको थियो । बुधबार २६५०.७० परिसूचक विन्दुबाट सुरु भएको कारोबार बजार बन्द हुने बेलामा २६३०.३६ अंकमा ओरालो लागेको थियो । यसदिन 'क' वर्गका कम्पनीहरू सेयर मूल्य मापक सेन्सेटीभ परिसूचक ०.८४ प्रतिशत अर्थात ४.२२ अंकले घटेर ४९५ दशमलव ११ अंकमा ओर्लिएको थियो।

बुधबार कारोबार रकममा पनि घट्न पुगेको थियो। यस दिन कारोबार भएका २ सय २६ कम्पनीको सेयर कारोबारमा २ अर्ब ४ करोड ६३ लाख  ५२ हजार ५ सय ४७ रूपैयाँ बराबरको सेयर खरिद बिक्री भएको थियो। ३९ लाख ८५ हजार ५ सय ७४ कित्ता सेयर २९ हजार ६ सय ७८ पटकको कारोबारमा खरिद बिक्री भएको थियो ।

बिहीबार

सातको अन्तिम कारोबारको दिन बिहीबार पनि बजार ओरालोतर्फ नै लम्किएको थियो । अन्तिम कारोबारको दिन नेप्से परिसूचक १६.६९ अंकले घटेको थियो। बिहीबार २६३०.३६ परिसूचक विन्दुबाट सुरु भएको कारोबार बजार बन्द हुने बेलामा २६१३.६७ अंकमा ओरालो लागेको थियो । यसदिन 'क' वर्गका कम्पनीहरू सेयर मूल्य मापक सेन्सेटिभ परिसूचक १.२५ प्रतिशत अर्थात ६.१७ अंकले घटेर ४८८ दशमलव ९४ अंकमा ओर्लिएको थियो।

बजार घटेपनि बिहीबार कारोबार रकममा भने केही सुधार देखिएको थियो । कारोबार भएका २ सय २४ कम्पनीको सेयर कारोबारमा ३ अर्ब २४ करोड ८९ लाख  ४३ हजार ८ सय २५ रूपैयाँ बराबरको सेयर खरिद बिक्री भएको थियो। ५२ लाख ९८ हजार ५ सय ४३ कित्ता सेयर ४५ हजार ७६ पटकको कारोबारमा खरिद बिक्री भएको थियो।

यस्तो रह्यो साताभरको  बजारको सूचकांक

 मिति

 नेप्से परिसूचक

 अंक फरक + वा - मा

 कारोबार रकम

चैत ६ आइतबार

२६१६.५८

-१४.६७

२ अर्ब २७ करोड रूपैयाँ

चैत ७ सोमबार

२६३४.६५

+१८.०७

२ अर्ब ५९ करोड रूपैयाँ

चैत ८ मंगलबार

२६५०.७०

+१६.०४

२ अर्ब ५१ करोड रूपैयाँ

चैत ९ बुधबार

२६३०.३६

-२०.३४

२ अर्ब ४ करोड रूपैयाँ

चैत १० बिहीबार

२६१३.६७

-१६.६९

३ अर्ब २४ करोड रूपैयाँ