साताको सेयर बजार
कर्जा कडाइको असर: साताभर ७१ अंकले घट्यो बजार
काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक यो साताभर ७१ अंकको गिरावट आएको छ । साताभरको कारोबारमा नेप्से ७१.०७ अंकले गिरावट आएको हो । गत साता ६९.५ अंकले गिरावट आएको थियो ।
साताको सुरुवातमा २७३२.५१ अंकबाट सुरु भएको बजार बजार बन्द हुने समयमा २६६१.४४ अंकमा पुगेको छ । साताको २ दिन बढ्दा ३ दिन बजार घट्न पुगेको थियो । नेपाल राष्ट्र बैंकले अनुत्पादक क्षेत्रमा जाने कर्जालाई थप कडाइ गरेसँगै बजार थप ओरालो लागेको थियो । त्यस्तै रूसले युक्रेनमा सुरु गरेको आक्रमण तथा एमसीसीका कारण अन्योलग्रस्त राजनीतिक अवस्थाले पनि साताभर बजारमा नकारात्मक असर परेको थियो ।
आइतबार
साताको सुरुवातम नै सेयर बजार ३९ अंकले घटेको थियो । आइतबार २७३२.५१ अंकबाट सुरु भएको परिसूचक बिन्दु बजार बन्द हुने बेला २६९३.१० अंकमा ओर्लिएको थियो । पहिलो दिन नै बजार परिसूचक बिन्दु ३९.४० अंकले ओरालो लागेको थियो ।
आइतबार कारोबारमा सेयर बजार परिसूचक १.४४ प्रतिशतले घट्दा ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स ४.९९ अंक अर्थात ०.९६ प्रतिशतले घटेर ५१३.६४ अंकमा ओर्लिएको थियो ।
साताको पहिलो कारोबारको दिन ४ अर्ब ८६ करोड ४७ लाख ४ हजार ८ सय २८ रूपैयाँ बराबरको सेयर खरिद बिक्री भएको थियो । बजार घट्दा आज कारोबार भएका कम्पनीहरूमध्ये १७ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय ७१ कम्पनीको सेयर मूल्य घटेको थियो ।
सोमबार
आइतबार ३९ अंबले घटेको नेप्से परिसूचक सोमबारको कारोबारमा भने २५ अंकले बढ्न पुगेको थियो ।
सोमबार २६९३.१० अंकबाट सुरु भएको परिसूचक बिन्दु बजार बन्द हुने बेला २७१८.५१ अंकमा उक्लिएको थियो। सोमबारको कारोबारमा सेयर बजार परिसूचक ०.९४ प्रतिशतले तथा ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स ५.१५ अंक अर्थात १ प्रतिशतले बढेर ५१८.७९ अंकमा उक्लिएको थियो ।
साताको दोस्रो कारोबारमा कारोबार रकममा उल्लेख्य गिरावट आएको थियो । सय दिन २ अर्ब ९९ करोड ७६ लाख ८१ हजार ७२ रूपैयाँ सेयर खरिद बिक्री भएको थियो ।
मंगलबार
नेप्से परिसूचक तेस्रो कारोबारको दिन मंगलबार १७ अंकले बढेको थियो। मंगलबार २७१८.५१ अंकबाट सुरु भएको परिसूचक बिन्दु बजार बन्द हुने बेला २७३५.९३ अंकमा उक्लिएको थियो। मंगलबारको कारोबारमा सेयर बजार परिसूचक ०.६४ प्रतिशत तथा ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स ४.३६ अंक अर्थात ०.८४ प्रतिशतले बढेर ५२३.१५ अंकमा उक्लिएको थियो ।
मंगलबारको कारोबारमा २२८ कम्पनीको ३ अर्ब २१ करोड २८ लाख ८७ हजार ८ सय २२ रूपैयाँ बराबरको सेयर खरिद बिक्री भएको थियो ।
बुधबार
नेप्से साताको चौंथो कारोबारको दिन बुधबार १५ अंकले गिरावट आएको थियो । बुधबार २७३५.९३ अंकबाट सुरु भएको परिसूचक बिन्दु बजार बन्द हुने बेला २७२०.४४ अंकमा ओर्लिएको छ ।
बुधबारको कारोबारमा सेयर बजार परिसूचक ०.५७ प्रतिशत तथा ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स ५.२२ अंक अर्थात १ प्रतिशतले घटेर ५१७.९४ अंकमा ओर्लिएको थियो ।
बुधबारको कारोबारको दिन आज २२८ कम्पनीको ३ अर्ब १३ करोड १२ लाख १० हजार २ सय ८२ रूपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
बिहीबार
नेप्सेको अन्तिम कारोबारको दिन बिहीबार ५९ अंकले गिरावट आएको थियो । बिहीबार नेप्सेमा ५८.९९ अंकले गिरावट आएको थियो । २७२०.४४ अंकबाट सुरु भएको परिसूचक बिन्दु बजार बन्द हुने बेला २६६१.४४ अंकमा ओर्लिएको थियो ।
बिहीबारको कारोबारमा सेयर बजार परिसूचक २.१७ प्रतिशत तथा ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स १०.३६ अंक अर्थात २ प्रतिशतले घटेर ५०७.५८ अंकमा ओर्लिएको थियो।
साताको अन्तिम कारोबारको दिन आज २२९ कम्पनीको ४ अर्ब २९ करोड ३८ लाख ६४ हजार १ सय ९२ रूपैयाँ बराबरको सेयर खरिद बिक्री भएको थियो।
कारोबार रकम १८.४ अर्ब
सेयर बजारमा यो साताको कारोबार रकम १८.४ अर्ब बराबरको कारोबार भएको छ । साताको पहिलो दिन र अन्तिम दिन ४ अर्ब माथिको कारोबार हुँदा अन्य दिन कारोबार रकममा कमी आएको थियो । गत साता बजारमा करिब १८ अर्ब ४१ करोड रूपैयाँको सेयर खरिद बिक्री भएको थियो ।
यसरी हेर्दा कारोकार रकम खासै बढेको देखिदैन् । पुँजीबजारका लगानीकर्ताले एक सातामा १ खर्ब भन्दा बढी रकम गुमाएका छन् । यस साताभर लगानीकर्ता करिब १ खर्ब १ अर्ब भन्दा बढी रकम गुमाएका छन्। गत साता ३८ खर्ब ७० अर्ब २९ करोड रुपैयाँमा रहेको सेयर बजारको पुँजी यस साता ३७ खर्ब ६९ अर्ब ६३ करोडमा झरेको छ ।
लगानीकर्ता हतोत्साही: लगानीकर्ता
सेयर बजार लगानीकर्ताको सेन्टिमेन्टले चल्ने भएकाले नियामक निकाय तथा जिम्मेवार नेतृत्वले संयमित भएर नबोल्दा पनि बजार तलमाथि हुने नेपाल पुँजीबजार लगानीकर्ता संघ अध्यक्ष राधा पोखरेल बताउँछिन् ।
पछिल्लो समय मुलुकको राजनीतिक अवस्था, बजारमा तरलताको चरम अभाव, विभिन्न समयमा सेयर बजार प्रति फैल्याउने अफवाह, पछिल्लो समय एमसीसीको कारणले बजारलाई प्रत्यक्ष असर परेका उनको भनाई छ। लगानीकर्ताको लगानी घाटामा गएको तथा नियामक नियकायको कुदृष्टिको कारण लगानीकर्ता डिप्रेसनमा पुग्न थालेको पोखरेल बताउँछिन् ।
त्यस्तै सेयर बजार विश्लेषण गर्दै आएका नवराज दाहालले लगानीकर्ताले कम्पनीको अवस्था बुझेर मात्र लगानी गर्न सुझाव दिन्छन् । हाल केही विश्लेषकले लगानीकर्तालाई खुलेआम रूपमा यो कम्पनी र त्यो कम्पनी किन्नु भनेर भन्नु गलत भएको बताउँछन् ।
यस्तो रह्यो साताभरको बजारको सूचकांक
मिति |
नेप्से परिसूचक |
अंक फरक + वा - मा |
कारोबार रकम |
फागुन ८ आइतबार |
२६९३.१० |
-३९.४० |
४ अर्ब ८६ करोड रुपैयाँ |
फागुन ९ सोमबार |
२७१८.५१ |
+२५.४१ |
२ अर्ब ९९ करोड रुपैयाँ |
फागुन १० मंगलबार |
२७३५.९३ |
+१७.४२ |
३ अर्ब २१ करोड रुपैयाँ |
फागुन ११ बुधबार |
२७२०.४४ |
-१५.५० |
३ अर्ब १३ करोड रुपैयाँ |
फागुन १२ बिहीबार |
२६६१.४४ |
-५८.९९ |
४ अर्ब २१ करोड रुपैयाँ |