समाज

निजामतीमा महिलाको प्रतिनिधित्व १३ दशमलव ६ प्रतिशत

इकागज | जेठ १३, २०८१
काठमाडौँ- सरकार लैङ्गिक समानतासम्बन्धी लक्ष्य नजिक पुगेको छ । अर्थमन्त्रालयले आज सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८०/८१ मा लक्ष्य–५ अन्तर्गतको लैङ्गिक समानता हासिल गर्ने र सबै महिला तथा किशोरीलाई सशक्त बनाउने लक्ष्य प्राप्ति नजिक भएको उल्लेख छ । कानुन तथा नीति निर्माण तहमा महिलाको प्रतिनिधित्व बढ्दै गएको सर्वेक्षणले देखाएको छ । सङ्घीय संसद्मा महिला प्रतिनिधित्व ३३ दशमलव पाँच प्रतिशत, प्रदेशमा ३६ दशमलव ३६ प्रतिशत र स्थानी...