समाज

माटोका भाँडा बनाउन भ्याइनभ्याई

इकागज | कात्तिक ४, २०८१
सुनसरी- इनरुवा नगरपालिका–२ का २५ वर्षीय विनोद पण्डित बिहानै माटो मुछ्न थाल्छन्। उनी दिनभर भाँडा बनाउने काममा व्यस्त रहन्छन्। तिहार र छठपर्वलाई लक्षित गरेर पण्डितले माटोका भाँडा बनाउन थालेका हुन्। पण्डितको उद्देश्य चाडपर्वका बेला सबैलाई माटोका भाँडा सहज रूपमा पुर्‍याउने रहेको छ। सदरमुकाम इनरुवा, लौकही, हरिपुरलगायत स्थानमा रहेका कुम्भकार चाडपर्वलाई लक्षित गरेर माटोको भाँडा बनाउने काममा व्यस्त बनेका छन्।...