समाज

पेडारी खोलामा पक्की पुल निर्माण

इकागज | कात्तिक ३, २०८१
बाँके - कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाको सीमा क्षेत्र पेडारी खोलामा पक्की पुल निर्माण हुने भएको छ ।  २०६३ सालमा पेडारी खोलाको पुल भत्किएको थियो । नयाँ पुल बनेपछि कोहलपुर र बैजनाथका ग्रामीण क्षेत्रका बासिन्दालाई आवतजावत गर्न सजिलो हुने छ ।  जिल्ला समन्वय समिति बाँकेका सदस्य सन्तराम चौधरीले नयाँ पुल बनेपछि  बालबालिकालाई विद्यालय आवतजावत गर्न सजिलो हुने बताउनुभयो । यो पुल निर्माण भएपछि आवा...