समाज

नेपाल प्रहरीद्वारा स्रष्टा घनबहादुर थापा पुरस्कृत

इकागज | असोज ३०, २०८१
प्रहरी नारा छनौट प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल स्रष्टा घनबहादुर थापा नेपाल प्रहरीद्वारा पुरस्कृत भएका छन्। ६९औं प्रहरी दिवस २०८१ का अवसरमा मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा नेपाल प्रहरी संगठनका प्रमुख प्रहरी महानिरीक्षक (आईजिपी) बसन्तबहादुर कुँवरले थापालाई २० हजार रुपैयाँ नगद पुरस्कार र कदरपत्रद्वारा सम्मान गरे। नेपाल प्रहरीले आफ्नो ६९औं प्रहरी दिवसका अवसरमा ...