विकट फराकिलो गोरखाको उद्धार उपचारमा साँघुरो पहुँच

यारूबगरमा पैरो गयो, माछेखोला खाद्य डिपोमा १६ सय रूपैयाँ पर्ने मन्सुली छेकम्पार र​ सामागाउँमा ४५ सय रुपैयाँ पर्ने गर्छ । बेनीघाटदेखि तिब्बतसँगको भू–भागमा राज्यको समान वितरण र पहुँच छैन । तिब्बत र ठोरीसँग छोटो दूरीको सडक निर्माण कार्यक्रम तैयारीमा पूर्णविराम लगाउने कोसिस गरेको छ । गोरखा सामरिक जिल्ला हो भन्न छाडिएको छ । देशको मध्यभाग विकासबाट विमुख छ र यहाँ असन्तुष्टि चुलिएको छ, लोकतन्त्रवादीहरू हारिरहेका छन् । जसरी एउटा शरीरको पेटले काम गर्न छाड्छ सुदूरपूर्व र सुदूर पश्चिम वा शिर र खुट्टाहरूमा असर पर्ने गर्छ । 

एकाध चिल्ला परिदृश्यबाहेक गोरखाका गाउँलेका खुट्टामा कसिला जुत्ता छैनन् । सुत्केरी र प्रकोपमा परेकाको सहारा छैन । निर्वाचन क्षेत्र २८९५ वर्गकिमिको छ, यो कुनै अर्कै ग्रह हो जस्तो देखिन्छ र सुन्दर मनास्लुको कोखमा लुकेको छ । यो जिल्ला कति विकट छ भनेर चर्चा उठाउनसम्म नसक्नेले यहाँको राजनीति हल्लाउन खोज्छ । 

हिमाली बस्तीमा मात्र सयौं उद्धार गर्ने माउन्टेन चाइल्डमाथि धार्मिक गतिविधिको आरोप छ । भइरहेको उद्धार बन्द छ । मैले उद्धार गर्ने गरेको थिएँ गाउँलेले झट्ट सम्झिहाल्थे । तर, केही ईष्र्या केही प्रतिशोध उठ्नाले म हच्किन थाले । हिजो राति कांग्रेस गोरखा सभापति नन्दप्रसाद न्यौपानेले जनताको दैलो र गोठका नेता हरि घले फेरि बिरामी परेको र नाइट भिजनबाट उद्धार हुन सक्छ कि भन्ने कोसिसमा कल गर्नुभयो । मसँग दुरुस्त उत्तर थियो, ‘नाइट भिजन हेलिकप्टर अपडेट गरिएको छ, ३ जना पाइलट एरोटेक्निकल इन्जिनियर्स पनि छन् उनीहरू स्कार्टड छन् । नाइट​भिजनका राती सुत्नुपर्ने पाइलटको के औचित्य ? अभाव आदेशको छ झन् पेचिलो छ । नाइट भिजन ल्यान्ड गर्न ल्यान्डफिल्डमा चहकिलो बत्ती र जुनेली रात चाहिन्छ । ती हेलिकप्टर कहाँ छन् कसरी ‘एप्रोच’ गर्ने त्यो पनि जनतालाई पत्तों छैन ? 

ल्हासामा सुन छ, कान मेरो बुच्चै

मेरो प्रयासमा कांग्रेसका साथीहरू प्रायः सम्पर्कमा आउँथे, उद्धारमा समन्वय गर्थे । एकाध छिट्फूटबाहेक हरेक निम्छरो मान्छेहरू समयमै हेलिकप्टरका बिल भुक्तानी गर्थे, सबै गरिबहरू तत्काल पैसा तिर्थे । २०६४ सालमा जिल्लामा तनाव भयो, हेलिकप्टर उडानमा अंकुश थियो । उनीहरू बुथ बोक्दै थिए, यसै क्रममा मैले घ्याम्पेसाल हेलिकप्टर उडाउन मेरै साथी क्याप्टेन आशीष को सम्पर्कमा पुगे (पूरा नाम र कम्पनी उल्लेख गर्दिनँ) । ऊ उडिरहेको थियो, उसले रेस्क्यूको नाममा ४ प्यासेन्जर मात्र बोक्ने क्षमताको हेलिकप्टरमा ओभरलोड बोकेर ल्यायो । ऊ निकै रिसायो । सायद उसले आफनो लाइसेन्स जोखिममा पर्न सक्छ भनेर बुझेको थियो, ऊ धेरै वर्ष मसँग बोलेन ।

छोरो जन्माएकी एक गम्भीर बिरामी सेनाको सिपाही श्रीमतीको उद्धार गर्न पहुँच पुगेनछ । मलाई व्यापक फोनहरू आए, मैले यो अठोट गरें हैन यो विषय निकै पेचिलो छ म चिर्छु भने । तात्कालिक प्रधानसेनापति छत्रमान सिंह गुरुङलाई फोन गरे । त्यस बेला सेनाको ११ बाहिनी उड्ययन अनुमति अधिकार कटौतीमा परेका थियो, सिधै जंगीअड्डा कुरा गर्ने स्थिति थियो ।

प्रधानसेनापतिको सहयोगपछि मैले सेनालाई भुक्तानी गरें । आफैँ बिरामी उद्धारमा गएँ । बिरामी अचेत अवस्थामा थिइन् । पोस्टडेलिभरी केस थियो, हेलिकप्टर ल्याण्ड गर्यौं । काखमा दूध पिउन नसकेको बच्चा मैले बोके बिरामी रगताम्मे थिइन् पछाडि सुताइयो । ओम नर्सिङ होममा बिरामी पुगिन् र बाँचिन् । श्रीमान् सेनाको जागिरे थिए, तर उनको परिवारको झुकाव माओवादीप्रति थियो । ‘बिरामीको कुनै जात हुँदैन’ भन्ने मलाई थाहा छ । अर्को पेचिलो विषय के भने सेनामा उच्च ओहोदाका परिवारका आमा–दिदी–बहिनी बिरामी पर्दा यो सिपाहीकी श्रीमतीको जस्तो परिस्थिति हुन्छ या हँुदैन भन्ने थियो । 

एक प्रसंगमा गोरखाको माओवादी खेदाइमा वर्षमान पुन अनन्तसँग सम्पर्कमा पुगियो । उहाँलाई म विपदमा उद्धार गर्न सक्ने मान्छे भन्ने परेको रहेछ । एक दिन उहाँले भन्नुभयो, ‘ए, राजेन्द्र भाइ, म पश्चिमको भेगिए नेता परे, यसै नाताले मलाई उद्धारको अनुरोध आइरहन्छ, रुकुमको भीरबाट एक जना मान्छे लडेर शिरमा गहिरो चोट लागेको छ, आँखा नै चोइटिएको छ भन्छन् यो फेरि त्यहाँको कांग्रेस परिवारमा परेको दुःख हो’ उद्धार गर्न सकिन्छ ?’ प्रत्युत्तरमा मैले भने, ‘किन नहुने, हुन्छ ।’ म उद्धारमा गएँ । ती बिरामी म आज पनि चिन्दिनँ । यहाँ पनि बिरामीको कुनै समाज खण्डित गर्ने किसिमको आस्थाको राजनीतिको आधारमा जात हुनु हुँदैन भन्ने विषय उठाउने प्रयास गरेको छु ।

कुनै बिरामी र परिवार विशेषको नाम नलिइकन अर्को चोटिलो प्रसंग कोट्याउन चाहन्छु । २०७२ सालको भूकम्पलगत्तै गोरखाको सौरपानी अर्चलेका एक वृद्ध भग्नावशेष घरको सिरानको तलाको धान झिन्ने प्रयासमा चेपिएपछि सख्त घाइते भएछन् । त्यतिबेला पनि सरकारले हेलिकप्टर उडान खुल्ला छोडेको थिएन, गृह मातहत नै थियो । त्यो दैवी–विपत्तिको सेरोफेरोको बेला थियो । नागरिक दैनिकका सम्पादक गुणराज लुइँटेलसँग भूकम्पको इपिसेन्टर बारपाक र क्षतिको अवलोकन रिपोर्टिङमा जाने निधो गरियो । सँगै जाने निश्चित गर्यौं । फर्किने क्रममा को–पाइलटसहितको नयाँ विदेशी पाइलट रहेछन्, उक्त हेलिकप्टर बिरामीलाई स्टेचरमा पछाडि सुताएर ल्याउनुपर्ने परिस्थिति बन्यो । त्यसपछि हामी त्यहीँ रह्यौं, हेलिकप्टर बिरामी बोकेर फर्कियो।

एक सुत्केरी उडान प्रसंगमा नागरिकप्रति प्रथम दायित्व बोकेका देशका प्रधानमन्त्री सवार सुपरपुमा २० मिनेट नेपालगन्जको आकाशमा डाईभर्ड भएको उद्धारका कहानी एक होनाहार राष्ट्रिय दैनिकले पहिलो पृष्ठभरि रंगाए । पछि एक जम्काभेटमा मैले पब्लिकेसनका प्रमुखसँग प्रश्न गरे कि ‘म एक साधारण सिभिलियन सानो उद्यमी, मैले उद्धार गर्दा भित्री पृष्ठमा विलाएको न्यूज छ तर उद्धारको दायित्व बोकेका प्रधानमन्त्रीको ठूलो समाचार कसरी ? हामीलाई पो प्रोत्साहन गर्ने हो, हैन र ?’ प्रश्न गर्दा उहाँ निकै खुसी हुनुभयो । भन्नुभयो, ‘आई स्यालुट यु ।’ यो घटनाले मलाई निकै प्रोत्साहन ग-यो, त्यो मेरा लागि ठूलो समाचारभन्दा ठूलो गर्वको विषय बनिरह्यो । 

एक दिन कांग्रेसले आयोजना गरेको केपी ओली सरकारको विरोधमा मैले आफ्नो प्रदेश निर्वाचन क्षेत्र आरुघाटमा कार्यक्रम थालनीकै क्रममा मनाङमा बिरामी परेकी गोर्खाकी एक बहिनीको उद्धार गर्नुपर्ने भयो, तर प्रदेशको प्रत्याशी भएको हुनाले मेरै नेतृत्वमा कार्यक्रम हुने भन्ने रहेछ । तर पनि कार्यक्रम छाडेर उद्धारमा लागे । म पछिका वक्ताहरूले पार्टीको मास मुभमेन्टमा तत्काल आम गोर्खालीको आँखामा छिप्न नसक्ने सक्रियताको उच्चारणसम्म गरेन । उता उद्धारबाट बाँचेकी बिरामीले उद्धारको समाचार आइसकेपछि त्यस्तो क्रेडिट लिएपछि उसैले तिर्छ भनेर हेलिकप्टर कम्पनीलाई कल गरिछिन्, कस्तो समाजमा हुर्केछौँ झैँ भयो । 

२०७२ सालको भूकम्पमा हामीले पर्वतीय पर्यटनसम्बन्धी कार्य गर्ने ट्रेकिङ कम्पनी गोरखा इन्काउन्टर्सका अधिकांश मेट्रेसेस् पाल, स्पिपिङ ब्यागहरूसहित खाद्यान्न भरेर एमआई १७ हेलिकप्टरका सहायतामा उत्तरी गोरखाको मान्वु एरियामा ड्रप गर्दै घाइतेहरू उद्धार गर्यौं । हाम्रो अभिप्राय रह्यो, ‘व्यवसाय पछि गरौंला पहिले उद्धार ।’

उद्धार यसै कठिन महँगो कार्य हो, जोखिममा काम गर्न धेरै ठूला जोखिम उठाउन सक्नुपर्छ । विकट जिल्ला गोरखाले र विशेष गरी कांग्रेसले उद्धार सेल निर्माण गरेर अन्तर–पार्टी उद्घार समन्वय कार्यक्रमको तयारी गरोस् ।
 

उत्पादन विस्तारका लागि बजेट र मौद्रिक नीतिमा तादम्यता

उमेश श्रेष्ठ | असार ३२, २०७९

मुलुकको अर्थतन्त्रको विद्यमान अवस्थाका सम्बन्धमा छलफल गरी आवश्यक मार्गदर्शनका लागि आजको यो छलफल अत्यन्त स्वागत...

भिजिट भिसा भन्दै बिचल्ली पार्ने गिरोहको माझमा नेपाली

महेश्वर नेपाल | असार ३१, २०७९

गएको जेठ तेस्रो साता मलेसिया जान त्रिभुवन विमानस्थलको अध्यागमन पुग्दा एउटा अनौठो दृश्य देखेँ । मलाई त्यो...

डुबानको संघारमा देश : चुप बस्ने कि डुबाउनेहरूलाई हटाउने ?

गत हप्ता पनि मुलुकमा दुईवटा सनसनीखाेज समाचार प्रकाशनमा आए । पहिलो थियो, अर्थमन्त्री शर्माले प्रधानमन्त्री ...

संवैधानिक अंग नबनेसम्म सम्पत्ति शुद्धीकरण विभागको औचित्य छैन

मैले प्रारम्भदेखि नै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई प्रधानमन्त्री वा कुनै मन्त्रालयअन्तर्गत राखिनु हुँद...

साँच्चैको स्वतन्त्र, दलको `स्वतन्त्र´, चुनावका लागि दल छोडेर स्वतन्त्र !

दिपेश घिमिरे | असार २८, २०७९

बालेनले काठमाडौँ र हर्क साम्पाङले धरानमा मेयर जितेसँगै स्वतन्त्रप्रतिको आकर्षण निकै बढेको छ । बडे–...

स्वार्थ-द्वन्द्वमा परेका प्रधानमन्त्रीको नैतिक दायित्व पदत्याग गर्ने हो

विनोद सिजापती | असार २७, २०७९

बजेट निर्माणको अन्तिम समयमा अनधिकृत दुई व्यक्तिलाई करको दर फेरबदलको जिम्मेवारी सुम्पिएको आरोप खेपेका अर्...