पर्यटन

कोसी टप्पु वन्यजन्तु आरक्षमा पर्यटकको चाप: राजस्व संकलनमा वृद्धि

इकागज | साउन १७, २०८१

काठमाडौं - कोसी टप्पु वन्यजन्तु आरक्षले आर्थिक वर्ष २०८०/८१ मा ४० लाख १४ हजार सात सय ९४ रूपैयाँ राजस्व संकलन गरेको छ। आरक्षका सहायक संरक्षक अधिकृत विनयकुमार मिश्रले जनाएअनुसार जङ्गल सफारी, परापर्यटन, वनपैदावार, जङ्गल पैदल यात्रा, हात्ती सफारी, र जरिवानाबाट यो राजस्व संकलन भएको हो।

यस वर्ष आन्तरिक तथा बाह्य पर्यटकहरूको सङ्ख्यामा वृद्धि भएको छ। जसले गर्दा राजस्व संकलनमा उल्लेखनीय वृद्धि भएको छ। गत वर्ष २०७९/८० मा यो सङ्ख्या ३९ लाख ९४ हजार चार सय आठ थियो।

हिउँदको समयमा आन्तरिक पर्यटकहरूको चाप बढेको देखिन्छ। आरक्ष पूर्वी क्षेत्रका शैक्षिक प्रतिष्ठानका विद्यार्थीहरूको प्रमुख भ्रमणस्थल बनेको छ। यहाँ आउने दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) क्षेत्रका पर्यटकले ७५० रुपैयाँ र अन्य देशका आगन्तुकले १५ सय रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था छ। उक्त शुल्कले पर्यटकहरूलाई १२ घण्टा आरक्षको अवलोकन गर्न सुविधा प्रदान गर्दछ।

आरक्षको प्रचारप्रसार गर्न सके अझ बढी पर्यटक आकर्षित गर्न सकिनेमा होटल व्यवसायी महासंघ कोशी प्रदेशका महासचिव वासुदेव बराल विश्वस्त छन्। विभिन्न प्रजातिका चरा, अर्ना, गैंडा, र हात्ती यहाँका प्रमुख आकर्षण हुन्, जसले गर्दा पर्यटकहरूको ध्यान खिचेको छ।
 

ठमेलमा आजदेखि पिक एण्ड ड्रप सुरु, परिषद्ले राख्यो २० सुरक्षागार्ड

इकागज | साउन १५, २०८१

काठमाडौँ-  ठमेलमा शान्ति सुरक्षा र ट्राफिक व्यवस्थापन गर्न ठमेल पर्यटन विकास परिषद्ले २० सुरक्षा गार्ड...

भेडेटारमा स्काइ टावर

इकागज | साउन ११, २०८१

धनकुटा- भेडेटारमा स्काइ टावर सञ्चालनमा ल्याइएको छ । बन्डर्स अम्युजमेन्ट पार्क्स एण्ड अल्ट्राक्सन्स प्र...

गत आवमा १४ हजार बढी महिला पदयात्रीले गरे गोसाइँकुण्ड क्षेत्र अवलोकन

इकागज | साउन ४, २०८१

रसुवा- लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा अवस्थित गोसाइँकुण्ड तथा लाङटाङ क्षेत्र अवलोकनका लागि गत आर्थ...

अम्बिका श्रेष्ठ : पर्यटन क्षेत्रले गुमायो सुप्रतिष्ठित व्यक्तित्व

सिबी अधिकारी | साउन ३, २०८१

काठमाडौँ- द्वारिकाज होटल पर्यटनको पर्यायवाची नाम हो । यही होटलको नेतृत्व सम्हाल्ने अम्बिका श्रेष्ठ पर्यटन क्...

सिद्धार्थ हस्पिटालिटीले आइपीओ ल्याउने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

इकागज | साउन १, २०८१

काठमाडौँ- नेपालको लोकप्रिय ब्राण्ड सिद्धार्थ हस्पिटालिटीअन्तर्गतको सिद्धार्थ इन्टरनेशनल होटल लिमिटेडले ...