पर्यटन

भरतपुर भ्रमण वर्ष २०२४

दियालो बंगला दरबार सर्वसाधारणका लागि खुला

इकागज | असार २३, २०८१

चितवन- भरतपुर भ्रमण वर्ष २०२४ को सन्दर्भमा ऐतिहासिक दियालो बंगला दरबार आइतबारदेखि सर्वसाधारणको लागि खुला गरिएको छ । एक कार्यक्रमका बीच नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक पर्यटनमन्त्री हितबहादुर तामाङले रिबन काटेर सर्वसाधारणको लागि खुला गरेका हुन् ।  

विसं २०१९ निर्माण भएको यो दरबार नेपाल ट्रष्ट र भरतपुर महानगरको पहलमा सर्वसाधारणको लागि अवलोकन गर्ने व्यवस्था मिलाइएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटनमन्त्री तामाङले भरतपुर भ्रमण वर्ष २०२४ सफल बनाउन दियालो बंगलाले महत्वपूर्ण सहयोग पुर्याउने बताए । चितवन जिल्ला जैविक, धार्मिक र आध्यात्मिक दृष्टिकोणका अग्रणी रहेको र अब दियालो बंगला सर्वसाधारणका लागि खुला गरेसँगै ऐतिहासिक सम्पदा रहेको स्थानको रूपमा परिचय बनाउन सफल भएको उनको भनाइ थियो ।

मन्त्री तामाङले पूर्व राजाहरूले पूर्व पश्चिम र राज्यको सबै ठाउँमा शासन सत्ता चलाउनका लागि उपयोग गरेको अहिले जनतालाई अध्ययन तथा अवलोकनका लागि खुला गर्ने कार्य महत्वपूर्ण रहेको उल्लेख गरे । देशको मध्य भागमा रहेकोले दियालो बंगला खुला गरेपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकको लागि महत्वपूर्ण गन्तव्य बन्ने मन्त्री तामाङले विश्वास व्यक्त गरे ।

यस्तै महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर भ्रमण वर्ष २०२४ को सन्दर्भमा लिएका दियालो बंगला सर्वसाधारणका लागि खुला गरेसँगै पूरा भएको बताइन् ।

भ्रमण वर्षको अवसरमा वन्यजन्तु उद्धार केन्द्रलाई ओपन जुको रूपमा सञ्चालनमा ल्याइएको र भारतीय पर्यटकलाई सहज आगमनका लागि ठोरी छोटी भन्सार सञ्चालनमा ल्याइएको उनको भनाइ थियो । अब पर्यटकीय गन्तव्यहरू क्रमशः थप गर्दै लैजाने नीति महानगरले लिएको प्रमुख दाहालले बताइन् । नेपाल ट्रष्टका सदस्य सचिव सुनिता गौतमले राजाहरूको विलासी जीवनशैली दरबार घुमेपछि बुझ्न सकिने उल्लेख गरिन् ।

भरतपुर वडा नम्बर १ मा अवस्थित यो दरबारमा राजा महेन्द्रको निधन भएकाले ऐतिहासिक मानिएको छ । ट्रष्टको स्वामित्वमा रहेको दियालो बंगला तत्कालीन राजा महेन्द्रले निर्माण गरेका थिए । राजा महेन्द्रको यही दरबारमा निधन मृत्यु पनि भएको थियो । राजा महेन्द्रले करिब दुई वर्ष बंगलाको प्रयोग गरेको बताइन्छ । विशेष गरी हिउँदमा चिसो छल्न राजा र राजपरिवारका सदस्य दियालो बंगला बसाइँ सर्थे । त्यसैले यो बंगलालाई शीतकालीन दरबार पनि भन्ने गरिन्छ ।

राजपरिवारका सदस्यले बसोबास गर्ने र राजा महेन्द्रको निधन यहीँ बंगलामा भएकाले पनि चासोको विषय बन्दै आएको छ । दियालो बंगला क्षेत्र ५२ बिघाको छ । बंगला क्षेत्रसँगै जोडिएको राजमार्ग पारि थप पाँच बिघा जमिन छ ।

नेपालमा पर्यटक भित्र्याउन दुई युवाको जुक्ति : आफ्नै खर्च र पहलमा विश्व यात्रा

इकागज | असार १८, २०८१

काठमाडौँ- नेपाल विश्वकै पर्यटकीय देश हो । विश्वका उत्कृष्ट पर्यटकीय स्थलहरू रहेको नेपाल पृथ्वीको स्वर्ग समे...

मनप्रिय मनाङ

इकागज | असार ११, २०८१

गण्डकी - प्रकृतिअघि मानव जातिले गरेका ठूलाठूला आविष्कार पनि कहिलेकाहीँ फिका लाग्छन् । हिमालपारि मनाङको...

मनसुनमा सुनसान मनाङ

इकागज | असार ९, २०८१

गण्डकी - पदयात्राका लागि प्रसिद्ध गन्तव्य मनाङ हिजोआज सुनसान छ । जेठदेखि भदौसम्म पदयात्रा पर्यटनका लागि &l...

श्री एयरलाइन्सको क्यु ४०० ड्यास ८ विमानद्वारा भरतपुर विमानस्थलमा सफल परीक्षण उडान

इकागज | असार ६, २०८१

काठमाडौँ- श्री एयरलाइन्सको क्यु ४०० ड्यास ८ विमानले भरतपुर विमानस्थलमा सफल परीक्षण उडान सम्पन्न गरेक...