विश्व

अमित शाहले शिख पृथकतावादीहमाथि आक्रमण गर्न अनुमति दिएको क्यानडाको दाबी, भारतद्वारा अस्वीकार

इकागज | कात्तिक १८, २०८१

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सबैभन्दा विश्वासपात्र तथा भाजपा नेता अमित शाहलाई ओटावाले क्यानडाको भूमिमा क्यानेडियाली शिख धर्मावलम्बीमाथि आक्रमण गर्न अनुमति दिएको आरोप लगाएको छ ।

गृहमन्त्रीका रूपमा देशको आन्तरिक सुरक्षा बलको रेखदेख गर्ने शाहको बचाउ गर्दै नयाँ दिल्लीले शनिबार उक्त आरोपलाई ‘बेतुकको आधारहीन’ दाबी भएको बताएको छ । 

भाजपामा मोदीपछिको दोस्रो शक्तिशाली व्यक्ति ६० वर्षीय शाहले दशकौँसम्म पार्टीमा एक वफादार नेताका रूपमा सेवा गरेका छन् । यद्यपि, भाजपा र उनका आलोचकहरूले शाहले कुनै समय शृङ्खलाबद्ध हत्याको योजना बनाएको आरोप पनि लगाउने गरेका छन् । 

मोदी र शाहबीचकोस्थायी साझेदारीले उनीहरूको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) को हिन्दू–राष्ट्रवादी विश्वदृष्टिकोणलाई बलियो बनाएको छ।

मोदीलाई भाजपाको पछाडि जनतालाई परिचालन गर्ने चामत्कारिक अग्रनेता मानिन्छ भने शाहलाई अधीनस्थहरूलाई लाइनमा राख्ने प्रवर्तनकर्ताको रूपमा हेरिन्छ।

“पार्टीमा अहिले नरेन्द्र मोदी र २० वर्षभन्दा बढी समयदेखि मोदीको विश्वासपात्र (दाहिने हात) अमित शाहको पनि पूर्ण प्रभुत्व छ,” राजनीतिशास्त्री तथा भारतका विज्ञ क्रिस्टोफ जाफरलोटले भनेका छन् । 

दुवै जनाले आफ्नो राजनीतिक जीवन पश्चिमी राज्य गुजरातको सबैभन्दा ठूलो शहर अहमदाबादबाट सुरु गरेका थिए । गुजरातमा मोदीले आफूभन्दा १४ वर्ष कान्छा शाहलाई पार्टीमा आफ्नो अभिन्न अङ्गका रूपमा लिएका थिए । 

सन् २००२ मा स्वतन्त्र भारतको इतिहासमा सबैभन्दा खराब धार्मिक हिंसाको चपेटामा परेको बेला मोदी गुजरातका मुख्यमन्त्री थिए भने शाह सांसद थिए । उक्त बर्ष दर्जनौँ हिन्दू तीर्थयात्रीको ज्यान जाने गरी रेलगाडीमा आगलागी भएको घटनापछि भड्केको धार्मिक हिंसामा कम्तीमा एक हजार मानिसको मृत्यु भएको थियो। झडपमा मृत्यु हुनेमा अधिकांश मुश्लिम धर्मावलम्बी रहेका थिए भने यसका लागि भारतीय यिनै दुई नेता जिम्मेवार रहेको उहाँहरूका आलोचकले दावी गर्ने गरेका छन् । 

मोदीमाथि अशान्ति मच्चाउन मद्दत गरेको र प्रहरी हस्तक्षेपको आदेश दिन असफल भएको आरोप लगाइएको थियो तर उनले उक्त आरोप निराधार रहेको भन्दै खण्डन गरेका थिए । 

सोही आरोपका कारण उनलाई वर्षौंसम्म संयुक्त राज्य अमेरिका र बेलायतमा प्रवेश गर्न प्रतिबन्ध लगाइएको थियो।

तर भाजपाले त्यस वर्षको गुजरात चुनावमा भारी मतान्तरले जितेको थियो । मोदीले शाहलाई राज्यको शक्तिशाली गृह मन्त्रालयमा नियुक्त गरेका थिए । (एएफपी)

ट्रम्पले अमेरिकी चुनाव जिते युद्ध सहयोग रोकिने चिन्तामा युक्रेनीहरू

इकागज | कात्तिक १८, २०८१

किभ- युक्रेनीहरू अमेरिकी राष्ट्रपति चुनाव अभियानको अन्तिम दिनहरूलाई चिन्तापूर्वक हेरिरहेका छन् । केहीले ...

इरान र इरानका सहयोगीमाथि आक्रमणको बदला लिने खमेनीको प्रतिवद्धता

इकागज | कात्तिक १८, २०८१

तेहरान- इरानका सर्वोच्च नेता आयातोल्लाह अली खमेनीले इजरायल र यसको सहयोगी अमेरिकाले तेहरान र यसका समर्...

बेलायतको कन्जरभेटिभ पार्टीको नयाँ नेतामा बदेनोच निर्वाचित

इकागज | कात्तिक १८, २०८१

लण्डन- बेलायतको कन्जरभेटिभ पार्टीका तर्फबाट जुलाईमा भएको आम निर्वाचनमा पार्टीको खराब प्रदर्शनपछि राजीनामा...

स्पेनमा बाढी : प्रभावित क्षेत्रमा थप १० हजार सैनिक पठाइयो

इकागज | कात्तिक १८, २०८१

भ्यालेन्सिया, स्पेन- स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बाढीका कारण प्रभावित पूर्वी भ्यालेन्सिया क्षेत्रमा थ...

आदिवासी प्रतिनिधित्वका लागि संयुक्त राष्ट्र प्रकृति शिखर सम्मेलनद्वारा निकाय स्थापना

इकागज | कात्तिक १७, २०८१

काली (कोलम्बिया)- विश्वको सबैभन्दा ठूलो प्रकृति संरक्षण सम्मेलनले शुक्रबार कोलम्बियाको कालीमा संयुक्त राष्ट्...

भारतलाई आर्थिक वर्ष २०३० सम्म ६.५ प्रतिशत जिभिए वृद्धि कायम राख्न वार्षिक एक करोड नयाँ रोजगारी आवश्यक

इकागज | कात्तिक १७, २०८१

नयाँदिल्ली- भारतलाई आर्थिक वर्ष २०२५ देखि वित्तीय वर्ष २०३० सम्म वार्षिक औसत ६.५ प्रतिशत जिभिए (कूल मूल्य ...

ट्रम्प र ह्यारिस स्विङ स्टेट मतका लागि लड्दै गर्दा बयानबाजीमा भिड्दै

इकागज | कात्तिक १७, २०८१

मिल्भौकी (अमेरिका)- अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस र निर्वाचन प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पले शुक्रबार महत्त्...

पाकिस्तानका पत्रकारहरूका लागि सन् २०२४ सबैभन्दा घातक वर्ष : प्रतिवेदन

इकागज | कात्तिक १७, २०८१

इस्लामाबाद- फ्रिडम नेटवर्कको ‘इम्प्युनिटी रिपोर्ट २०२४’ ले वर्ष २०२४ लाई पाकिस्तानका लागि सबै...