विश्व

हसिना शासनकालमा अपहरण गरिएका दुई सय बङ्गलादेशी अझै बेपत्ता

इकागज | कात्तिक २०, २०८१

काठमाडौँ - अपदस्थ प्रधानमन्त्री शेख हसिनाको शासनकालमा सेनाले अपहरण गरेका करिब २०० जना बङ्लादेशीहरू अझै बेपत्ता रहेको जबरजस्ती बेपत्ता भएका घटनाहरूको अनुसन्धान आयोगका सदस्य नूर खानले मङ्गलबार बताएका छन् ।  

गत अगस्टमा विद्यार्थी नेतृत्वको विद्रोहमा भएको प्रदर्शनपछि हसिना हेलिकप्टर मार्फत छिमेकी देश भारत भागेकी थिइन् । 

हसिना सरकारमाथि मानव अधिकार हननको आरोप तथा सयौंको गैरकानुनी अपहरण र बेपत्ता भएको आरोप लगाइएको थियो ।

हाल कार्यवाहक सरकारले गठन गरेको अनुसन्धान आयोगले हसिनाको निष्कासनपछि पाँच जनालाई गोप्य हिरासत केन्द्रबाट रिहा गरिएको तर अझै धेरैको विवरण नआएको  जनाएको छ ।

आयोगका अध्यक्ष मोइनुल इस्लाम चौधरीले सरकार र न्यायपालिकामा संस्थागत विच्छेदले पनि हसिनाको नेतृत्वमा दण्डहीनताको वातावरण फस्टाएको बताए । 

उनीहरूले कानुन प्रवर्तन एजेन्सीलाई सार्वजनिक हितमा नभइ आफ्नै एजेन्डा र राजनीतिक हितका लागि प्रयोग गरेको बताए । 

आयोग नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको अन्तरिम सरकारका  लोकतान्त्रिक सुधारहरू कार्यान्वयन गर्ने प्रयासको हिस्साको रूपमा स्थापना गरेको थियो ।

पाकिस्तानमा आठ महिनादेखि तलब नपाएका शिक्षकहरू आन्दोलनमा

इकागज | कात्तिक २०, २०८१

काठमाडौँ - खैबर पख्तुनख्वा प्रान्तको सरकारले यस क्षेत्रका विद्यालयका शिक्षकहरूलाई आठ महिनादेखि तलब दिन नस...

कडा प्रतिस्पर्धाबीच अमेरिकी राष्ट्रपतिको निर्वाचन : नेपालीको मत निर्णायक हुनसक्छ ?

इकागज | कात्तिक २०, २०८१

वासिङ्टन डिसी – विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन ग...

अमेरिकी महिला मार्चमा हजारौँद्वारा गर्भपतन अधिकारको आवश्यकतामा जोड

इकागज | कात्तिक १९, २०८१

वासिङ्टन-  चुनावको तीन दिनअघि हजारौँ महिला शनिबार वासिङ्टनमा उत्रिएर डेमोक्रेटिक उम्मेदवार कमला ह्...

अमेरिका–मेक्सिको सीमामा छुट्टिएका करिब २०० परिवार छोटो समयका लागि पुनर्मिलन

इकागज | कात्तिक १९, २०८१

सिउडाड जुआरेज (मेक्सिको)- अमेरिका–मेक्सिको सीमाको एक क्षेत्रमा शनिबार करिब दुई सय परिवार भावुक ...

भारतको अडानी समूहद्वारा बङ्गलादेशतर्फ आपूर्ति भएको बिजुलीमा कटौती

इकागज | कात्तिक १९, २०८१

ढाका- भारतीय अडानी समूहले बङ्गलादेशमा करिब ८५ करोड अमेरिकी डलरको बक्यौता बिल तिर्न बाँकी रहेको भन्दै ...

अमेरिका चुनाव : 'ए' देखि 'जेड'सम्म, २०२४ को चुनाव अभियान अक्षरैपिच्छे

इकागज | कात्तिक १९, २०८१

वासिङ्टन- अमेरिकी राष्ट्रपतीय चुनाव बुझ्न गाह्रो भइरहेको छ ? यहाँ कमला ह्यारिस र डोनाल्ड ट्रम्पबीचको लडाइँ...