विश्व

इरानले ट्रम्पको हत्या प्रयास गरेको खुलासा

इकागज | कात्तिक २४, २०८१

काठमाडौँ- राष्ट्रपति चुनावअघि डोनाल्ड ट्रम्पको हत्या गर्ने इरानी षड्यन्त्र एफबीआईले विफल पारेको खुलासा भएको छ । यो खुलासा अमेरिकी न्याय विभागले गरेको हो ।

फेडरल ब्यूरो अफ इन्भेस्टिगेशन (एफबीआई)ले इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) का सहयोगी फरहाद शाकेरी (५१), कार्लिस्ले रिभेरा (४९) र जोनाथन लोडहोल्ट (३६) विरुद्ध मुद्दा दायर गरेको छ ।

म्यानहट्टन संघीय अदालतमा दायर गरिएको आपराधिक उजुरीमा सेप्टेम्बरमा, इरानको अर्धसैनिक रिभोलुसनरी गार्डका एक अधिकारीले भाडामा लिएका हत्यारा, फर्जाद शाकेरीलाई ट्रम्पमाथि नजर राख्न र अवसरमा उनलाई मार्न निर्देशन दिएका थिए । यसका लागि उनलाई ५ लाख डलर अफर गरिएको थियो । उजुरीमा भनिएको छ, अफिसरलाई राष्ट्रपति चुनावसम्म पर्खने र ट्रम्प चुनाव हारेमा उनलाई मार्न सजिलो हुने निर्देशन दिइएको थियो ।

रिभोलुसनरी गार्डका एक अधिकारीले सात दिनभित्र हत्या गर्न निर्देशन दिएका थिए । तर यो षड्यन्त्र पुरा हुन सकेन । यसमा एक इरानी र दुई अमेरिकी नागरिकको संलग्नता रहेको बताइएको छ । दुवै अमेरिकी नागरिकलाई न्यूयोर्कबाट पक्राउ गरिएको बताइएको छ ।

सेप्टेम्बरमा, अमेरिकी गुप्तचर अधिकारीहरूले ट्रम्पलाई मार्ने इरानी षड्यन्त्रको संदिग्ध रिपोर्ट गरेका थिए । 

ट्रम्पमाथि जुलाई १३ मा पेन्सिलभेनियाको बटलर शहरमा चुनावी र्‍यालीमा गोली हानिएको थियो, जसमा उनको कानमा गोली लागेको थियो । यस घटनाको ६४ दिन पछि, फेरी उनको फ्लोरिडामा हत्या प्रयास गरिएको थियो ।

पाकिस्तानको लाहोरमा प्रदूषणको कहर, विद्यालयसहित सार्वजनिक स्थानमा भेला हुन नपाइने

इकागज | कात्तिक २४, २०८१

काठमाडौँ- पाकिस्तानको पञ्जाब प्रान्तमा बढ्दो वायु प्रदूषणका कारण पार्क, चिडियाखाना, खेल मैदान र संग्रहालय...

जलवायु परिवर्तनको असर : सन्‌ २०२४ अहिलेसम्मकै तातो वर्ष हुने भविश्यवाणी

इकागज | कात्तिक २३, २०८१

काठमाडौँ- जलवायु परिवर्तनको असर अहिले विश्वभर नै देखिन थालेको छ । यसैबीच युरोपको जलवायु परिवर्तन एजे...

निसानद्वारा ९ हजार रोजगारी कटौतीको घोषणा, बिक्रीको अनुमान घट्यो

इकागज | कात्तिक २३, २०८१

टोकियो- जापानी कार उत्पादक कम्पनी निसानले बिहीबार नौ हजार कर्मचारी कटौती गर्ने घोषणा गरेको छ । कम्पनील...

इजरायलद्वारा लेबनानस्थित हिजबुल्लाहको मुख्य गढमा आक्रमण

इकागज | कात्तिक २३, २०८१

बेरुत, लेबनान- इजरायलले लेबनानको बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको क्षेत्रमा छापा मार्दै बिहीब...

पुटिनलाई युक्रेनमा छुट दिने प्रस्ताव युरोपका लागि आत्मघाती : जेलेन्स्की

इकागज | कात्तिक २३, २०८१

किभ- युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले बिहीबार युरोपले युक्रेनमा आक्रमण रोक्न क्रेमलिनलाई छुट दिन...

रुसद्वारा युक्रेनीहरूको ‘विनाश’ रोक्न पश्चिमलाई वार्तामा प्रवेश गर्न माग

इकागज | कात्तिक २२, २०८१

काठमाडौँ - किएभले रातभर ठूलो मात्रामा ड्रोन आक्रमणलाई रोकेका कारण रुसले बिहीबार युक्रेनीहरूमाथि भएको ...