विश्व

अब ट्रम्पविरुद्धका आपराधिक मुद्दा के हुन्छन् ?

इकागज | कात्तिक २३, २०८१

काठमाडौँ- अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पले जितेपछि उनीविरुद्ध लागेका धेरै आपराधिक मुद्दाहरू के हुन्छ भन्ने प्रश्न उठेको छ । ३४ कानुनी मुद्दा रहेका ट्रम्पले मुख्यगरी चार मुद्धाको प्रमुख रुपमा सामना गर्नुपर्ने विश्लेषण गरिएको छ ।

डोनाल्ड ट्रम्पलाई न्यूयोर्कमा ३४ गम्भीर मुद्दामा दोषी ठहर गरिएको छ । यो मामला व्यापारसँग सम्बन्धित अभिलेखको मिथ्याकरणसँग सम्बन्धित छ ।

मे महिनामा न्युयोर्कका निर्णायकहरूले ट्रम्पलाई दोषी ठहर गरेका थिए । यो मामला एक पोर्न फिल्म स्टारलाई भुक्तान गरिएको पैसासँग सम्बन्धित थियो। जूरीका अनुसार ट्रम्प यस भुक्तानी प्रक्रियामा संलग्न थिए ।

न्यूयोर्कका न्यायाधीश जुआन मार्चेनले ट्रम्पको सजाय सेप्टेम्बरदेखि नोभेम्बर २६ सम्म (अमेरिकी राष्ट्रपति चुनावपछि) स्थगित गरेका थिए ।

ब्रुकलिनका पूर्व अभियोजक जुलिया र्यान्डलम्यानले ट्रम्पले चुनाव जितेपनि न्यायाधीश मार्चेनले आफ्नो योजनाअनुसार सजायको प्रक्रिया अगाडि बढाउन सक्ने बताएकी थिइन् ।

कानुनी विशेषज्ञहरू विश्वास गर्छन्, ट्रम्पलाई पहिलो पटक वरिष्ठ अपराधीका रूपमा सजाय सुनाइने सम्भावना धेरै कम छ ।

यदि ट्रम्पलाई सजाय सुनाइयो भने उनका वकिलहरूले तुरुन्तै सजाय विरुद्ध अपील गर्न सक्छन् किनभने यदि ट्रम्पलाई जेल पठाइयो भने, उनले आफ्नो आधिकारिक काम गर्न सक्षम हुनेछैनन् । यस्तो अवस्थामा उनीहरुलाई स्वतन्त्र राख्नुपर्छ । त्यस्तै यो अपील प्रक्रिया धेरै वर्षसम्म लम्बिन सक्ने पनि बताइएको छ ।

चुनावी परिणाम उल्टाउन खोजेको विषय 
विशेष काउन्सिल ज्याक स्मिथले गत वर्ष ट्रम्पविरुद्ध आपराधिक अभियोग दायर गरेका थिए । यो मुद्दा २०२० को राष्ट्रपति चुनाव हारे पछि चुनावको नतिजा उल्ट्याउन गरिएको प्रयाससँग सम्बन्धित थियो । यस मामिलामा ट्रम्पले आफूलाई निर्दोष घोषणा गरेका थिए । त्यसयता यो मुद्दा कानुनी घेराबन्दीमा अड्किएको छ ।

यद्यपी ट्रम्पले चुनाव जितेपछि, आपराधिक मुद्दाहरूसँगको उनको समस्या धेरैहदसम्म कम भएको छ । वर्तमान राष्ट्रपतिविरुद्ध मुद्दा चलाउन नसकिने कुरा राम्रोसँग स्थापित भइसकेको छ, यस्तो अवस्थामा वाशिङटन डिसीको जिल्ला अदालतमा चलिरहेको चुनावी धाँधलीसँग सम्बन्धित मुद्दा खारेज हुने पनि बताइएको छ ।

गोप्य कागजात मुद्दा
त्यस्तै ट्रम्पविरुद्ध अर्को मुद्दामा गोप्य कागजातको दुरुपयोगसँग सम्बन्धित छ । तर, ट्रम्पले यसलाई अस्वीकार गर्दै आएका छन् । ट्रम्पलाई आफ्नो घर 'मार-ए-लागो' मा संवेदनशील कागजातहरू राखेको आरोप छ र जब कानून विभागले ती फाइलहरू फिर्ता लिन खोजेपनि ट्रम्पले त्यो काममा अवरोध गरेका थिए ।

तर, अब ट्रम्प राष्ट्रपतिको कार्यालयमा पुग्ने निश्चित भइसकेपछि गोप्य कागजपत्रसम्बन्धी मुद्दाको पनि चुनावी धाँधलीसँग सम्बन्धित मुद्दा पनि निष्कृय हुने छ ।

जर्जियाको चुनाव सम्बन्धि आपराधिक प्रकरण 
ट्रम्पले जर्जियामा पनि आपराधिक आरोपको सामना गरिरहेका छन्। यो विषय सन् २०२० को चुनावी नतिजालाई उल्ट्याउन खोज्ने प्रयाससँग सम्बन्धित छ । यस मामिलामा धेरै अवरोधहरू थिए । यसमा जिल्ला न्यायधिवक्ता फ्यानी विलिसलाई अयोग्य ठहराउने प्रयासहरू पनि समावेश छन्। उनीमाथि यो मुद्दामा कार्यरत एक वकिलसँग सम्बन्ध रहेको आरोप लागेको थियो ।

यस मामिलामा, मुद्दा रोक्न अदालतमा अपील पनि गरिएको छ । तर अब ट्रम्प अर्को राष्ट्रपति बनेपछि यो मुद्धा पनि निष्कृय हुनसक्ने बताइएको छ । यो खारेज समेत हुनसक्ने बताइएको छ । ट्रम्प राष्ट्रपतिको कार्यालयमा रहँदा यो मुद्दा रोकिने सम्भावना रहेको कानुनी विज्ञहरू बताउँछन् ।

रुसद्वारा युक्रेनीहरूको ‘विनाश’ रोक्न पश्चिमलाई वार्तामा प्रवेश गर्न माग

इकागज | कात्तिक २२, २०८१

काठमाडौँ - किएभले रातभर ठूलो मात्रामा ड्रोन आक्रमणलाई रोकेका कारण रुसले बिहीबार युक्रेनीहरूमाथि भएको ...

इजरायलद्वारा लेबनानस्थित हिजबुल्लाहको मुख्य गढमा आक्रमण

इकागज | कात्तिक २२, २०८१

काठमाडौँ - इजरायलले लेबनानको बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको क्षेत्रमा छापा मार्दै बिहीबार द...

अष्ट्रेलियाले १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रतिबन्ध लगाउने

इकागज | कात्तिक २२, २०८१

सिड्नी- अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले फेसबुक टिकटकजस्ता समाजिक सञ्जालले  बालबालिकाहरू...

अमेरिका र चीनबीच ‘सहकार्य हुनुपर्ने’ चिनियाँ राष्ट्रपति सीको भनाइ

इकागज | कात्तिक २२, २०८१

बेइजिङ र वासिङ्टनबिच सहकार्य गर्ने उपाय खोज्नुपर्ने चीनका राष्ट्रपति सी चिनफिङले अमेरिकी नवनिर्वाचित राष्ट्...

हारपछि ह्यारिसको पहिलो सम्बोधन, शान्तिपूर्ण सत्ता हस्तान्तरणमा जोड

इकागज | कात्तिक २२, २०८१

काठमाडौँ- अमेरिकी राष्ट्रपति चुनावमा पराजयपछि कमला ह्यारिसले आफ्ना समर्थकलाई सम्बोधन गरेकी छन् । हारप...

इजरायलमाथि हतियार प्रतिबन्ध लगाउन राष्ट्रसंघ समक्ष आव्हान

इकागज | कात्तिक २१, २०८१

काठमाडौँ - इजिप्ट र टर्कीको नेतृत्व तथा दर्जनौं देशहरूको समर्थनमा संयुक्त राष्ट्रसंघ समक्ष इजरायलमाथि हतिय...