विश्व

युक्रेनको स्टिलवर्कबाट सर्वसाधारणको उद्दार गरिएको रुसको दाबी

इकागज | बैशाख २५, २०७९

काठमाडौँ – रुसले युक्रेनको मारिउपोलको अजोभ्सताल स्टिलवर्कबाट सबै वृद्ध, महिला र बालबालिकालाई बाहिर निकालिएको जनाएको छ । तर गत एक हप्ता अघिदेखि उद्दार कार्यमा संलग्न संयुक्त राष्ट्र संघ र रेडक्रसले भने यसको पुष्टि भने नगरेको बीबीसीले जनाएको छ । 

यता उद्दार गरिएका गरिएकाहरुलाई कहाँ राखिएको जानकारी प्राप्त नभएको तथा युक्रेनले उक्त स्थानबाट उद्दार कार्य अझै पुरा नभएको जनाएको छ ।  अर्कोतर्फ युक्रेनी लडाकुहरु अहिले पनि रुसको नियन्त्रणमा नआइसकेको उक्त स्थानमा अझै रुसी सेनाको प्रतिकार गरिरहेका छन् ।

यता रुसी सेनाले भने युक्रेनी लडाकुहरुलाई आत्मसमर्पण गर्ने भन्दै स्टिलवर्कलाई घेरा हालेर बसेका छन् ।
 

सम्झौताको लागि रुस आक्रमणपूर्वको अवस्थामा फर्कनुपर्छ : जेलेन्स्की

इकागज | बैशाख २४, २०७९

किभ- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको कुनै पनि शान्ति सम्झौता रुसी सेना युक्रेनमा आक्र...