विश्व

मारिओपोलस्थित स्टिल कारखानामा फेरि हमला

इकागज | बैशाख २०, २०७९

किभ- पूर्वी युक्रेनको मारिओपोलस्थित स्टिल कारखानामा पुनः हमला सुरु भएको छ । सयौँ सर्वसाधारण कारखानाभित्र फसिरहेका बेला त्यहाँ पुनः हमला भएको एक युक्रेनी अधिकारीले जानाकारी दिएका छन् । 

एजोभस्टल कारखानालाई ‘सबै प्रकारका हतियारहरू’ले हमला गरेको राष्ट्रिय गार्ड कमाण्डर डेनीज शेल्गाले बताए । आइतबार अन्तिम सो क्ष्ोत्रमा आश्रय लिएका धेरै नागरिकहरू भाग्न सफल भएका थिए ।

तर, अझै दर्जनौँ साना बालबालिकाहरु कारखानाभित्रको बंकरमा रहेका ती अधिकारीले बताए । दक्षिणी बन्दरगाह सहरको कारखाना रुसी बमबारीमा परेको छ । आईतबार ठूलो संख्यामा सर्वसाधारणहरू त्यहाँबाट बाहिरिएपछि फेरि गोलाबारी सुरु भएको ती अधिकारीले युक्रेनी टेलिभिजनलाई बताए ।

स्टिलवर्कबाट उद्धारकर्ताहरूको पहिलो समूह सोमबार युक्रेनी–नियन्त्रित सहर जापोरिझियामा आइपुग्ने अपेक्षा गरिएको थियो । तर, उद्धार प्रयासमा ढिलाइ भएको प्राप्त विवरणहरूमा जनाइएको छ । एजेन्सी

मे महिनाको अन्त्यतिर युक्रेनमा अमेरिकी दूतावास पुनर्स्थापना हुने

इकागज | बैशाख १९, २०७९

एजेन्सी – अमेरिकाले युक्रेनमा यही मे महिनाको अन्त्यसम्ममा आफ्नो दूतावास पुनर्स्थापना गर्ने जनाएको छ ...

मारिओपोलको स्टिल कारखानाको बंकरबाट दर्जनौँ सर्वसाधारणको उद्दार

इकागज | बैशाख १९, २०७९

किभ- युक्रेनको पूर्वी बन्दरगाह शहर मारिओपोलबाट दर्जनौं नागरिकलाई उद्दार गरिएको छ । मारिओपोलस्थित एउटा उ...

कीभको सुरक्षा ग्यारेन्टरका रूपमा चीनको सम्भावना: युक्रेनी विदेशमन्त्री

इकागज | बैशाख १८, २०७९

काठमाडौँ - युक्रेनका विदेशमन्त्री दिमिट्रो कुलेबाले कीभले चीनलगायत संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का सदस्...

रुसमाथिको निर्भरता रोक्न ग्रिक-बुल्गेरियाले ग्याँस पाइपलाइन तयार गर्दै

इकागज | बैशाख १८, २०७९

काठमाडौँ -  ग्याँस बजारमा रुसको प्रभुत्व तथा आपूर्तिमा रुसमाथि रहेको युरोपेली संघको निर्भरतालाई र...