विश्व

सोमालियामा विस्फोट हुँदा कम्तीमा ३ जनाको मृत्यु

इकागज | बैशाख १२, २०७९

एजेन्सी – सोमालियाको राजधानीको होडान जिल्लामा सोमबार बिहान सडक छेउमा भएको विस्फोटमा परी एक सैनिकसहित कम्तीमा तीन जनाको मृत्यु भएकाे छ । साथै अन्य चार जना घाइते भएका छन् ।

सोमाली नेशनल आर्मीका एक अधिकारीले नाम नबताउने सर्तमा जानकारि दिएअनुसार बनादिर जंक्शन नजिकै रहेको एक वरिष्ठ सेना अधिकारी मोहम्मद हाशी गुलेदको काफिलालाई लक्षित गरी विस्फोट गराइएको थियो।

"जनरल गुलेद सकुशल भागे तर आक्रमणमा उनका तीन सुरक्षा गार्ड घाइते भए," उनले भने। घटना बारे थप अनुसन्धान भइरहेको छ। आक्रमणबाट उक्त क्षेत्रका व्यवसायिक परिसरमा ठूलो क्षति पुगेको छ ।

कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन तर अन्तरराष्ट्रिय समर्थन प्राप्त सरकारविरुद्ध लडिरहेको अल-शबाबले प्रायः मोगादिसुमा यस्ता आक्रमणहरू गर्ने गर्दछ। 

पन्जाबका मुख्यमन्त्रीलाई विपक्षीले सोधे, ‘तपाइँले कति किसानलाई भेट्नु भयो ? ’

इकागज | बैशाख १२, २०७९

नयाँ दिल्ली – भारतका विपक्षीले पञ्जाबका मुख्यमन्त्रीको चर्को आलोचना गरेका छन् । मुख्यमन्त्री भगवन्त &nb...

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको टिप्पणी - देश नर्कमा जाँदैछ

इकागज | बैशाख ११, २०७९

काठमाडाैँ – अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्र्याट र अमेरिकी राष्ट्रपति जो बाइडेन...

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको टिप्पणी - देश नर्कमा जाँदैछ

इकागज | बैशाख ११, २०७९

काठमाडौँ - अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्र्याट र अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले ...