विश्व

रथयात्राका क्रममा करेन्ट लाग्दा भारतमा ११ को मृत्यु

इकागज | बैशाख १४, २०७९

काठमाडौँ -  दक्षिणी भारतको तमिलनाडुमा एउटा मन्दिरमा निस्किएको धार्मिक रथयात्रा क्रममा विद्युतीय करेन्ट लाग्दा कम्तिमा ११ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई बालबालिका रहेका छन् ।

अन्य १५ जना घाइते भएको बीबीसीले उल्लेख गरेको छ । केही घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अधिकारीहरूले बताएका छन् । तञ्जाभुर जिल्लामा मन्दिरको रथ हाई ट्रान्समिसन लाइभ तारसँग सम्पर्कमा आएपछि दुर्घटना भएको प्रहरीले जनाएको छ ।

तमिलनाडु सरकारले मृतकको परिवारलाई ५ लाख भारतीय रुपैया प्रदान गरिने जनाएको छ भने प्रधानमन्त्री नरेन्द्र मोदीले उनीहरुलाई थप २ लाख प्रदान गरिने बताएका छन् ।

युक्रेन संकट : रुसले पोल्यान्ड र बुल्गेरियालाई ग्यास आपूर्ति रोक्यो

इकागज | बैशाख १४, २०७९

मस्को- रुसले पोल्यान्ड र बुल्गेरियालाई ग्यास आपूर्ति बन्द गर्ने भएको छ । युक्रेनलाई लिएर पश्चिमा देश र मस्को...

उर्जा सङ्कट हटाउन मौद्रिक नीति कडा बनाउन श्रीलङ्कालाई आईएमएफको आग्रह

इकागज | बैशाख १३, २०७९

काठमाडाैँ – अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले मङ्गलबार श्रीलङ्कालाई आफ्नो मौद्रिक नीति कडा ...