विश्व

नाइजेरियामा विष्फोटमा परि कम्तिमा ५० जनाको मृत्यु

इकागज | बैशाख ११, २०७९

काठमाडौँ – नाइजेरियाको दक्षिणी क्षेत्रमा रहेको एक अवैध तेल प्रशोधन केन्द्रमा विष्फोट हुँदा कम्तिमा ५० जनाको मृत्यु भएको छ ।

विष्फोटपछि भएको ठूलो आगलागीमा परी उनीहरुको मृत्यु भएको आशंका गरिएको बीबीसीले उल्लेख गरेको छ । कतिपयको पहिचान पनि खुल्न नसक्ने अवस्था रहेको छ ।

अन्य कैयौ मानिस घाइते भएका कारण मृत्यु हुनेको संख्या बढ्न सक्ने बताइएको छ । उच्च गरिबी तथा बेरोगारका कारण तेल पाइने स्थानका अधिकांश बासिन्दाहरु अवैध तेल प्रशोधनलाई आकर्षण व्यवसाय बनाएका छन् ।

अवैध कच्चा तेल प्रशोधन गर्ने अवैध प्लान्टहरुको फैलावट रोक्न सरकारी अधिकारीहरु संघर्ष गरिरहेका छन् ।

मारिओपोलका अन्तिम रक्षकहरू मारिए रुससँगको शान्ति वार्ता रद्ध हुन्छ : जेलेन्स्की

इकागज | बैशाख ११, २०७९

किभ- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले  मारिओपोल सहरका अन्तिम रक्षकहरू मारिएमा  रूससँ...

भारतीय प्रधानमन्त्री विवादास्पद काश्मिरमा जाने, सुरक्षा व्यवस्था कडा

इकागज | बैशाख ९, २०७९

काठमाडौँ - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारत र पाकिस्तानका बीचको विवादास्पद क्षेत्र जम्मु र काश्मिरमा ...