सभामुखसँग परामर्शबिनै संसद् अधिवेशन अन्त्य

काठमाडौँ : सरकारले सभामुख अग्नि सापकोटासँगको परामर्शबिनै चालु संसद् अधिवेशन अन्त्य गरेको पाइएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले संसद्को हिउँदे अधिवेशन अन्त्यको सिफारिस गरेको हो ।
मन्त्रिपरिषद् बैठकले सिफारिस गरेको केही समयमै राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् अधिवेशन अन्त्यको घोषणा गरेकी छन् । अधिवेशन अन्त्य गर्नुअघि सभामुख सापकाेटासँग कसैले पनि कुनै किसिमको परामर्श नगरेको सभामुखको सचिवालयले जानकारी दियो ।
सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले सरकार र राष्ट्रपतिले संसद्को अधिवेशन अन्त्य गर्नुअघि सभामुखसँग कुनै परामर्श नगरेको जानकारी दिए । उनले भने,'अधिवेशन अन्त्यअघि सम्माननीयज्यूसँग यो विषयमा सरकारको तर्फबाट कुनै पनि कुराकानी भएको छैन ।'

आज पनि प्रतिनिधिसभाको बैठक बस्दै, कस्ता छन् कार्यसूची?

भिजिट भिसा प्रकरणलाई मानवतस्करीसँग जोडेर हेर्न हुँदैनः श्याम घिमिरे

गाउँघरमा बिरामी र मृत्यु हुँदा शव बोक्ने युवा छैनन्ः सांसद भण्डारी

बजेटमा कृषिलाई उपेक्षा भयोः सांसदहरु

राष्ट्रियसभामा जुहारचन र शास्त्रीको निधनप्रति शोक प्रस्ताव पारित

देशको काठको उपयोग नगरी विदेशबाट काठ आयात नगर्न सांसदको माग

निजामती विधेयकमा माओवादीले राजनीति गर्योः सचेतक बर्तौला

प्रतिक्रिया