नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

काठमाडौं : सत्तारुढ नेकपाको सचिवालय बैठक सुरु भएको छ । नेपाली राजनीतिक वृतमा निकै चासोको साथ हेरिएको नेकपा सचिवालय बैठक बुधबार दिउँसो १ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो । बैठकमा सबै सचिवालय सदस्य सहभागी भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
बैठक छल्न बारम्बार प्रयास गरेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली पनि बैठकमा सहभागी छन् । आजै दिउँसो १ बजे बोलाएको मन्त्रिपरिषद् बैठक सारेर सचिवालय बैठकमा ओली सहभागी भएका हुन् । यसअघि कुनै हालतमा बैठक बस्न नमानेका ओलीले महासचिव विष्णु पौडेलमार्फत कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र अर्का नेता माधवकुमार नेपाललाई आफु पनि बैठकमा सहभागी हुने खबर पठाएका थिए ।
मंगलबार सचिवालय बैठक रोक्न ओलीको सन्देश लिएर खुमलटार पुगेका महासचिव पौडेल दाहालको अडानपछि फर्केका थिए । नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ्गले पनि कुलिङ पिरियड भन्दै केही दिनपछि बैठक गर्न पहल गरिरहेका थिए । तर, अध्यक्ष दाहालतिरका पूर्व प्रधानमन्त्रीद्वय नेपाल र झलनाथ खनाल अनि नेकपा उपाध्यक्ष वामदेव गौतम र सदस्य श्रेष्ठले बैठकबाटै समस्या समाधान हुने हुँदा बैठक सार्ने कुरै नगर्न आग्रह गरिरहेका थिए । दाहालले दूतहरुलाई मात्र होइन राष्ट्रपति विद्यादेवी भण्डारीको आग्रहलाई नै अस्वीकार गरेका थिए ।
र, यो पनि
- ओलीलाई चीनको सन्देश : सत्ता छाड तर पार्टी नफुटाऊ
- राष्ट्रपतिलाई भेट्न ओलीको दौडधुप
- अन्तत: गले ओली, मन्त्रिपरिषद् सारेर १ बजे सचिवालय बैठक बस्न मञ्जुर
- गुप्तचर प्रयोगबारे नारायणकाजी भन्छन्- प्रधानमन्त्री सचिवालय त्यसैमा रमेको छ
- १ बजे बालुवाटारमा सचिवालय बैठक बस्छ : नारायणकाजी
- नेकपा विवाद फरक मोडमा : ओलीले किन जुधाए बैठक ?
प्रधानमन्त्री ओलीको पत्रलाई दाहालले प्रतिवाद गर्दै अर्को पत्र दिएपछि कात्तिक २८ को बैठक तनावपूर्ण बनेको थियो । त्यस दिन ४० मिनेट पनि बैठक नबसी मंसिर ३ गते एक बजे बस्ने निधो भएको थियो । दुई अध्यक्षबीच आदान–प्रदान भएका चार पत्र र दाहालको राजनीतिक प्रस्ताव अध्ययनका लागि उपलब्ध गराइएको थियो । उक्त पत्र सार्वजनिक नै भएपछि नेताहरुबीच थप तनाव उत्पन्न भएको हो ।
दाहालको प्रस्तावलाई आरोप पत्र भन्दै ओलीले उक्त प्रस्ताव फिर्ता लिन आग्रह गरेका थिए । यस्तो प्रस्तावको जवाफ दिन नपर्ने भन्दै उक्त प्रस्ताव फिर्ता नभएसम्म बैठक नबस्ने र आफू सहभागी नहुने सन्देश ओलीले दिएका थिए ।

कृषि र पर्यटनमार्फत देशको विकास गर्न सकिन्छः कांग्रेस प्रवक्ता महत

लगानी बोर्ड बैठक : परियोजनाहरुको प्राथमिकीकरण र अध्यावधिक गर्ने निर्णय

राजनीतिक अस्थिरता अन्त्य गर्न शासकीय स्वरुप परिवर्तन गरौँ : श्रेष्ठ

विकास निर्माणको जिम्मा प्रदेश र स्थानीय तहलाई दिनुपर्छः अध्यक्ष राउत

शहरी विकास मन्त्रालयमा बजेट माग्नेको भिड, १५ हजार योजनामा बजेट माग

बद्री केसी नेतृत्त्वको समिति वैधानिक होः प्रधानमन्त्री ओली

लोकतन्त्रमा कुनै अराजकता स्वीकार्य हुँदैनः गृहमन्त्री लेखक

प्रतिक्रिया