राजनीति

नेकपा विवाद चरम उत्कर्षमा

गुप्तचर प्रयोगबारे नारायणकाजी भन्छन्- प्रधानमन्त्री सचिवालय त्यसैमा रमेको छ

इकागज |
मंसिर ३, २०७७ बुधबार १०:३८ बजे

काठमाडौं : सत्तारुढ दल नेकपामा आन्तरिक कलहले उग्र रुप लिएसँगै सरकारले सूचना संकलन निम्ति गुप्तचर र विचौलियाहरु व्यापक परिचालन गरेको छ । दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको मोर्चाबन्दी नेकपा धुव्रीकरण हुँदै गर्दा सत्तारुढ घटकले सूचनाका निम्ति गुप्तचरको निकै उपयोग गरेको पाइएको छ ।

दाहाल निकट नेताहरु भन्छन्, ‘विचौलिया र गुप्तचर दुवैलाई उपयोगमा ल्याएको भेटिएको छ । हाम्रो निवास र तिनको घुमफिरमा गुप्तचर निगरानी बढेको छ ।’ प्रधानमन्त्री ओली पक्षधरले प्रस्ताव फिर्ता नलिएसम्म बैठक नबस्ने चेतावनी मात्र दिएका छैनन् ।


कसले कहाँ कसलाई भेट्यो त्यसको फेहरिस्था राखेर त्यस अनुरुपको काउन्टर तयार गरिरहेका छन् । जुनसुकै हदसम्म पनि सरकार जान सक्ने निर्णय लिएका छन् । तर, त्यस्ता गुप्तचरी कार्यले आफूहरुलाई कुनै असर नगर्ने प्रवक्ता श्रेष्ठले बताए । ‘हामी खुला रुपमा भेट्छौं । लोकतन्त्रको यो युगमा आएर हामी गोप्य भेटघाट गर्न पर्ने ठान्दैनौं । त्यसैले त हामी जे छ सबै कुरा बैठकमा गरौ भनिरहेका छौं,’ श्रेष्ठले भने, ‘खै खटाएर के गरेको थाहा छैन । प्रधानमन्त्री मातहत नै गुप्तचर छन्, जति खटाए पनि जे गरे पनि भयो । उहाँको निजी सचिवालय त्यस्तैमा रमेको होला ?’

र, यो पनि
- नेकपा विवाद फरक मोडमा : ओलीले किन जुधाए बैठक ?
- १ बजे बालुवाटारमा सचिवालय बैठक बस्‍छ : नारायणकाजी

दुवै पक्ष आआफ्नो रणनीति निर्माणमा जुटेको भएपनि पार्टीमा तटस्थ देखिन खोज्नेहरुले पार्टी गम्भीर मोडमा पुगेको बताउन थालेको अवस्था त्यो हदसम्म प्रधानमन्त्री पुगेकोमा नेताहरुले दुख ब्यक्त गरेका छन् । सचिवालयमा आफू अल्पमतमा परेपछि प्रधानमन्त्रीले शक्तिको प्रयोग गर्न थालेका हुन् ।

उता, नेकपा नेता भीम रावलले ‘पार्टीप्रति गद्दारी हुने कुकर्ममा नलाग्न’ आग्रह गरेका छन् । रावलले बुधबार विहानै ट्वीट गरे, ‘नेकपा एकीकरणको घोषणा, राजनीतिक प्रतिवेदन, केन्द्रीय कमिटी र कार्यदलको प्रतिवेदनमा आधारित स्थायी कमिटीको निर्णय, विधान र पद्धतिको पालना नै समस्याको समाधान हो । बैठकबाट समस्याको समाधान खोज्नु पर्छ । फुट र विभाजन जस्तो देश र जनतालाई धोका र पार्टीप्रति गद्दारी हुने कुकर्ममा कोही नलागौं ।’


Author

थप समाचार
x