राजनीति

बढ्याे राजदूतकाे सक्रियता

ओलीलाई चीनकाे सन्देश : सत्ता छाड तर पार्टी नफुटाऊ

इकागज |
मंसिर ३, २०७७ बुधबार १३:७ बजे

फाइल तस्बिर

काठमाडौँ : सत्तारूढ नेकपाको आन्तरिक विवाद मिलाउन फेरि उत्तरी छिमेक सक्रिय बनेको छ । गत वैशाखमा पनि नेकपा फूटको संघारमा पुग्दा उत्तरी छिमेकीले बचाएको थियो । पहिले राष्ट्रपति सि चिनफिङको पत्र भन्दै हरेक नेता भेटेकी चिनियाँ राजदूत होउ यान्छीले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी सक्रियता बढाएकी हुन् ।

उनले अन्य नेतासँग पनि समय मागिरहेको तर भेट्दा नकारात्मक असर पर्ने भएकाले ‘पर्खन’ भनिएको छ । अघिल्लोपटक पनि पार्टी फुटको संघारमा पुगेपछि उनले प्रधानमन्त्रीसँग भेटेर आन्तरिक राजनीति बुझ्दै अन्य भेट तय गरेकी थिइन् । उनी राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख अग्‍नि सापकोटालाई पनि अनौपचारिक रुपमा भेट गरिरहने राजदूतमध्येकी हुन् । 


नेकपा विभाजनउन्मुख भएसँगै उनको सक्रियता बढेको हो । राजदूत यान्छीले अचानक मंगलबार राति प्रधानमन्त्री तथा अध्यक्ष ओलीसँग लामो वार्ता गरेकी थिइन् ।पार्टी विभाजनको प्रस्थानविन्दुको रुपमा लिएको बुधबारको बैठक टार्न र त्यो मिलाउने प्रयास गर्ने आश्वासन राजदूतले प्रधानमन्त्रीलाई दिएको हुन सक्ने पार्टी नेताहरुको धारणा छ । परराष्ट्र अधिकारीको उपस्थितिविना राजदूतको भेटले सन्देह फैलिएको मात्र होइन निकै अर्थपूर्ण भेटको रुपमा यसलाई लिन सकिन्छ ।

र, यो पनि
- राष्ट्रपतिलाई भेट्‍न ओलीको दौडधुप
अन्तत: गले ओली, मन्त्रिपरिषद् सारेर १ बजे सचिवालय बैठक बस्‍न मञ्‍जुर
गुप्तचर प्रयोगबारे नारायणकाजी भन्छन्- प्रधानमन्त्री सचिवालय त्यसैमा रमेको छ
१ बजे बालुवाटारमा सचिवालय बैठक बस्‍छ : नारायणकाजी
नेकपा विवाद फरक मोडमा : ओलीले किन जुधाए बैठक ?

उनले प्रधानमन्त्रीलाई पार्टी विभाजन रोक्न सुझाव दिएकी छन् भने आफूले पनि सबै नेतालाई सम्झाउन प्रयास गर्ने जानकारी दिएकी प्रधानमन्त्री निकटस्थहरुले सुनाए । उनले घुमाउरो शैलीमा ओलीलाई सत्ताबाट बाहिरिएर भए पनि पार्टी विभाजन रोक्न सुझाएकी हुन् । यो भेट र छलफलका पहलका लागि सभामुख सापकोटाको भूमिका रहेको पनि एक नेताले बताए । सापकोटाको भाषा राजदूतले बोलेपछि ओली राजदूतसँग असन्तुष्ट बनेको जानकारी पनि दिइएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको चाहना राजदूतले सुनाउँदै आएकी छिन् । उनले बाहिर नेताहरुलाई भेट्दा जहिले पनि भन्ने भाषा एकै छ, ‘सरकारमा पार्टीको व्यक्ति को हुन्छ त्यो ठूलो कुरा होइन, तर पार्टी एक ढिक्का भएर अघि बढ्नुपर्छ । यसमा चीनले सक्दो सहयोग गर्छ । नेकपासँग चिनियाँ कम्युनिष्ट पार्टीको सहकार्य छ ।’

चीनसँग भएका सम्झौता सरकारले अघि नबढाएकोमा सापकोटासँग पटक-पटक हैरानी पोख्दै आएकी राजदूतले पनि ओलीसँग चीन खुशी नरहेको सन्देश दिएकी छिन् । गत वैशाखमा नै चीनको यस्तो सन्देश पाएका ओलीले चीनभन्दा भारतसँग आफ्नो सहकार्य बढाएका थिए । यही पक्षधरकाे मूल्य ओलीले चुकाउन परेको विश्लेषण गर्न थालिएको छ ।


Author

थप समाचार
x