चुनावी प्रधानमन्त्री बन्ने प्रस्ताव दाहालले गरे अस्वीकार

काठमाडौं : सत्तारुढ दल नेकपाको जारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाएर निर्वाचन गराउने राष्ट्रपति विद्यादेवी भण्डारीको प्रस्तावबारे छलफल भैरहेको छ । राष्ट्रपति भण्डारीले फुटको डिलबाट जोगाउन नेकपाका अध्यक्ष दाहाललाई आगामी एक वर्षका लागि प्रधानमन्त्री बन्न प्रस्ताव गरेकी थिइन् ।
राष्ट्रपति भण्डारीको उक्त प्रस्तावलाई दाहालले ढिला भइसकेको बताएका थिए । ' अब निकै ढिलो भइसक्यो' दाहालको भनाइ उदृत गर्दै स्रोतले भन्यो 'अध्यक्ष र प्रधानमन्त्रीमध्ये एक पद छोड्न सम्झाइदिनुस् ।'
उनले पूर्व सहमतिअनुसार कार्यकारी अध्यक्षको भूमिका निर्वाह गर्न पनि अध्यक्ष दाहाललाई आग्रह गरेपछि ओली-दाहालको सहमतिमै सचिवालय बैठक तय गरेर पार्टी फुटबाट जोगिएको हो ।
र, यो पनि
- ओलीलाई चीनको सन्देश : सत्ता छाड तर पार्टी नफुटाऊ
- राष्ट्रपतिलाई भेट्न ओलीको दौडधुप
- अन्तत: गले ओली, मन्त्रिपरिषद् सारेर १ बजे सचिवालय बैठक बस्न मञ्जुर
- गुप्तचर प्रयोगबारे नारायणकाजी भन्छन्- प्रधानमन्त्री सचिवालय त्यसैमा रमेको छ
- १ बजे बालुवाटारमा सचिवालय बैठक बस्छ : नारायणकाजी
- नेकपा विवाद फरक मोडमा : ओलीले किन जुधाए बैठक ?
यसका लागि दाहालले आफ्नो राजनीतिक प्रस्ताव फिर्ता लिन पर्ने उल्लेख छ । दाहालको प्रस्तावबारेमा जारी सचिवालय बैठकमा छलफल भइरहेको बैठकबाटै एक सदस्य इकागजलाई जानकारी दिए । 'प्रधानमन्त्री बन्नुहोस् र यहाँकै नेतृत्वमा चुनाव गराऔं भन्ने प्रस्तावबारे छलफलमा बहुमत र अल्पमत भइरहेको छ' ती सदस्यले बैठकस्थलबाट इकागजसँग भने । स्थायी समिति बैठक बोलाउने विषयमा पनि छलफल भइरहेको छ ।
राष्ट्रपति भण्डारीले महाधिवेशनपछि एकल अध्यक्षमा जाने भएकाले त्यसको लागि वातावरण बनाउन आवश्यक रहेको बताएकी थिइन् । प्रधानमन्त्री ओलीले आफुलाई जोगाउन पटक-पटक यस्तै नयाँ नयाँ रणनीति तय गर्ने गरेका छन् ।

कृषि र पर्यटनमार्फत देशको विकास गर्न सकिन्छः कांग्रेस प्रवक्ता महत

लगानी बोर्ड बैठक : परियोजनाहरुको प्राथमिकीकरण र अध्यावधिक गर्ने निर्णय

राजनीतिक अस्थिरता अन्त्य गर्न शासकीय स्वरुप परिवर्तन गरौँ : श्रेष्ठ

विकास निर्माणको जिम्मा प्रदेश र स्थानीय तहलाई दिनुपर्छः अध्यक्ष राउत

शहरी विकास मन्त्रालयमा बजेट माग्नेको भिड, १५ हजार योजनामा बजेट माग

बद्री केसी नेतृत्त्वको समिति वैधानिक होः प्रधानमन्त्री ओली

लोकतन्त्रमा कुनै अराजकता स्वीकार्य हुँदैनः गृहमन्त्री लेखक

प्रतिक्रिया